पाेखरा । तनहुँको व्यास नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपाने विजयी भएका छन्।
उनी १२ हजार ७८ मत ल्याएर विजयी भएका हुन्। प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८२६ मत पाए।
यस्तै उपप्रमुखमा पनि कांग्रेसकै इन्दिरा दरै निर्वाचित भइन्। उनले १२ हजार ४९८ मत पाइन्। प्रतिस्पर्धी नेकपा एमालेका वसुन्धरा घर्तीले १० हजार ४३ मत पाइन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर व्यासमा नेपाली कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीका छोरा दीपकराज जोशी स्वतन्त्र उम्मेदवार बनेर मैदानमा उत्रिएका थिए। अझ चाखलाग्दो कुरा त जोशीसँग नेकपा एमालेले तालमेल गरेको थियो।
सत्ता गठबन्धन दलहरुबीच भने तालमेल थिएन व्यासमा। त्यहाँ कांग्रेस एक्लै चुनावी मैदानमा होमिएको थियो।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेसले गोविन्दराज जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको थियो। तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीको द्वन्द्व छ। व्यासको चुनावी परिणाम शीर्ष नेताहरुसँगको प्रतिष्ठासँग जोडिएकाले पनि यसलाई निकै चासोका साथ हेरिएको थियो।
०७४ सालको स्थानीय निर्वाचनमा व्यास नगरपालिकाको मेयर कांग्रेसले जितेको थियो। ५ वर्ष कार्यकाल सम्हालेका न्यौपाने पुनः उम्मेदवार बनेका हुन्। त्यतिखेर न्यौपानेले १३ हजार ५६ मत प्राप्त गरी नेकपा एमालेका शंकरनारायण श्रेष्ठमाथि जित हासिल गरेका थिए। श्रेष्ठले ९ हजार ५ सय ९१ मतमा चित्त बुझाएका थिए।
२०४८ सालयता व्यासमा कांग्रेसले नै एकछत्र रुपमा राज गरिरहेको छ। २०७४ को निर्वाचनलाई हेर्ने हो भने नेपाली कांग्रेस नगरपालिकाकै बलियो दल बनेको थियो। २०७४ मा व्यासको मेयर र उपमेयर कांग्रेसले जितेको थियो। व्यासका १४ मध्ये एउटा वडामा मात्रै एमालेले अध्यक्ष जितेको थियो। व्यासमा नेपाली कांग्रेसका वैकुण्ठ न्यौपानेले १३ हजार ५६ मत ल्याउँदा एमालेका शंकरनारायण श्रेष्ठले ९ हजार ५९२ मत प्राप्त गरेका थिए।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
बजेटको किचलोले संसद बैठक अनिर्णीत
विदेशमा देखिएको सपनामा रमाउँदै पर्यटक
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
पटक–पटक किन भासिन्छ पोखरा ?
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९