गलकोट । पलम ९आल्चा० र ऐँसेलु खाँदा बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँका पाँच बालबालिका बिरामी परेका छन् । शनिबार घर नजिकैको बारीमा पलम र एँेसेलु खाएका पाँच बालबालिका शनिबार राति बिरामी परेपछि धौलागिरि अस्पताल बागलुङमा उपचारका लागि भर्ना गरिएको छ ।
ऐँसेलु र पलम खाएका बालबालिकामा झाडापखला, वान्ता लगायतका समस्या देखिएर गम्भीर बनेपछि चारैको अहिले धौलागिरि अस्पतालमा उपचार भइरहेको छ । एैँसेलु र पलम खाँदा बिरामी परेका १० वर्षका विपना सुनार, ११ वर्षका विनोद विक, तीन वर्षका सायना सुनार र १४ वर्षका मिलन सुनारको उपचार भइरहेको छ, भने सपना सुनारको घरमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
उनीहरुले खाएको पलम र ऐँसेलुले विषाक्त बनाएका कारण बिरामी परेका र उनीहरुको अवस्थामा अहिले सामान्य सुधार भइरहेकोे धौलागिरि अस्पतालका बालरोग विशेषज्ञ डा कृति कँडेलले जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
जिसस कास्कीको वार्षिक समीक्षा
तनहुँ सम्पर्क समाज पोखराको पदस्थापना
विद्यालयलाई फर्निचर सहयोग
कांग्रेस गण्डकी सभापतिद्वारा पहिरो अवलोकन
hero news full width
मुख्य समाचार
खानेपानीमा इ–कोली जीवाणु भेटियो
कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९समितिको बैठकमा सभापतिमात्रै !
असार १७, २०७९सुनिन छाडे असारे भाका
असार १७, २०७९संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
असार १६, २०७९