पोखरा । चलचित्र पत्रकार संघको २३ औं वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस–२०७९ अवसरमा चलचित्र पत्रकार संघ कास्कीले शनिबार शुभकामना आदानप्रदान एव क्यालेन्डर विमोचन गरेको छ ।
समारोहमा चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल, संघ अध्यक्ष अरुण गिरी, निवर्तमान अध्यक्ष रेम बिक, पोखरा फिल्म सोसाइटी अध्यक्ष जिवेश प्रधान, उपाध्यक्ष सन्तोष सुवेदी, सचिव प्रभु अधिकारी, सहसचिव सन्तोष बस्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रममा संघका सदस्य, विभिन्न संघसंस्थामा आबद्ध व्यक्तिको उपस्थिति थियो ।
कला क्षेत्रमा कलम चलाउने पत्रकारले २०५६ जेठ ७ मा काठमाडौंमा भरत शाक्यको अध्यक्षतामा पहिलो पटक चलचित्र पत्रकार संघ गठन गरेका थिए । सोही दिनको सम्झनामा संघले दिवस मनाउँदै आएको छ ।
काठमाडौंबाहिर भने पहिलो पटक पोखरामा २०६० असार २२ मा श्रीराम सिग्देलको अध्यक्षतामा शाखा बिस्तार गरिएको हो । हालसम्म पोखराको नेतृत्व सिग्देलपछि शिव शर्मा चञ्चल, रेम बिक र अरुण गिरीले गरिसकेका छन् । संघ केन्द्रले पोखरापछि नारायणगढ, बुटवल, दाङ, हेटौंडा र धरानमा शाखा बिस्तार गरेको हो ।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९