बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा, मधेसमा हावाहुरी

आदर्श समाज सम्वाददाता
जेठ ८, २०७९
mausam

पाेखरा । देशका विभिन्न प्रदेशमा अहिले वर्षा भइरहेको छ।

स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले देशको बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकाअनुसार यी प्रदेशमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको र बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

दिउँसो लुम्बिनीसहित मधेश प्रदेशमा मेघ गर्जनरचट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै देशका अन्य प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ।

आज रातिबाट पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही मौसम सामान्यतया सफा रहनेछ।

लुम्बिनी र मधेश प्रदेशका केही स्थानहरूमा मेघ गर्जन रचट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width