पोखरा, ७ जेठ । सुन्दरी प्रतियोगितामा भाग लिएकी एक युवतीलाई आयोजकले नै बलात्कार गरेको घटनाको तरंग तालनगरीसम्म आइपुगेको छ ।
८ वर्षअघि सम्पन्न प्रतियोगितामा फस्ट रनर अप सुस्मिता रेग्मीमाथि आयोजकले गरेको बलात्कारविरुद्धमा पोखरामा वुमन्स रुम रिलोडेड (डब्लुआरआर) ले शनिबार विरोध प्रदर्शन गरेको हो ।
सयौंको संख्यामा सहभागी युवतीहरुले विभिन्न नाराबाजी गर्दै चिप्लेढुंगास्थित मानवअधिकारचोकदेखि सभागृहचोकसम्म विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘अब त अति भो, नबोल्दा क्षति भो’, छोड कुरा बाँकी सव, संविधानमा फाँसी थप, ठूला समृद्ध भनेका देशमा हदम्याद छैन, हाम्रो देशमा किन ?, जस्टिस फर सुस्मिता लगायतका नाराअंकित प्लेकार्ड बोकेका थिए । खासगरी युवतीहरुले बलात्कारीलाई कडा कारबाही हुनपर्ने भन्दै पीडितले अदालतमा उजुरी दिने समयावधि (हदम्याद) थप हुनुपर्ने माग गरेका छन् ।
तस्बिरहरुः अरुण गिरी ।
Related News
सम्बन्धित समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
hero news full width
मुख्य समाचार
जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९बजेटको किचलोले संसद बैठक अनिर्णीत
असार १४, २०७९विदेशमा देखिएको सपनामा रमाउँदै पर्यटक
असार १४, २०७९तालको मापदण्ड नघटाउन सर्वोच्चको आदेश
असार १४, २०७९नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
असार १३, २०७९