पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७९
congress~dhanraj

पोखरा, ६ जेठ । पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा सत्ता गठबन्धनले अग्रता कायमै राखेको छ । मेयरमा ३ हजार ४ सय ४२ मतान्तरले नेकपा (एकीकृत समाजवादी) ले अग्रता कायमै गर्दा उपमेयरमा नेपाली कांग्रेस ८४ मतान्तरसहित अघि छ ।

मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यले शुक्रबार राति ७ बजेसम्म ७२ हजार ९ सय १८ मतगणनामा २९ हजार ८ सय ७ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले २६ हजार ३ सय ६५ मत प्राप्त गरेका छन् । राप्रपाका शंकर खरालले ३ हजार १ सय ४५ र स्वतन्त्रका उम्मेदवार गनेस पौडेलले १ हजार ९ सय ६६ मत प्राप्त गरेका छन् ।

उपमेयरमा कडा प्रतिस्पर्धा छ । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट ७२ हजार मतगणना हुँदा मात्र ८४ अन्तरले अघि छिन् । उनले ३० हजार २ सय ६० मत प्राप्त गर्दा एमालेकी मञ्जुदेवी गुरुङले ३० हजार १ सय ७६ मत ल्याएकी छन् ।

स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबारको मतदानमा पोखरा महानगरपालिकामा २ लाख ७ हजार मतदातामध्ये १ लाख ४३ हजार मत खसेको थियो ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width