फाइल फाेटाे
पोखरा । सरकारले गणतन्त्र दिवस ३ दिनसम्म मनाउने भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको गणतन्त्र दिवस २०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस ३ दिनसम्म कार्यक्रम गरी भव्यरूपमा मनाउने निर्णय गरेको हो ।
गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले यही जेठ १४ देखि १६ सम्म विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो । जसअनुसार जेठ १४ गते साँझ संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा एवं व्यानर सजाइ साँझ दीपावली गर्ने र आमनागरिकलाई दीपावली गर्न अनुरोध गर्ने निर्णय समितिले गरेको छ । जेठ १५ गते हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गरी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्ट टुँडिखेलमा औपचारिक मूल समारोह गरिने छ । सोही दिन साँझ आमनागरिक र सरकारी तथा सार्वजनिक कार्यालयहरूले आ–आफ्नो घर, कार्यालय एवं सार्वजनिक स्थलमा दीपावली गर्ने कार्यक्रम तय भएको छ ।
अन्तिम दिन जेठ १६ मा रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट जागरण गीत प्रशारण गर्ने तथा देशवासी र सरकारी तथा सार्वजनिक निकायहरूले आ–आफ्नो घर, कार्यालय एवं सार्वजनिकस्थलमा दीपावली गर्ने कार्यक्रम तय भएको छ । साथै विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा बाणिज्य दूतावासहरूमा राष्ट्रिय झण्डा फर्हयाउने र दीप प्रज्वलन गर्ने निर्णय पनि मूल समारोह समितिले गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका विशिष्ट प्राकृतिक एवं सांस्कृतिक विशेषता झल्किने विद्युतीय प्रचार सामग्री तयार गरी परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा बाणिज्य दूतावासमा पठाउने कार्यक्रम तय भएको छ ।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९