पोखरा महानगरको मतगणना सुरु अघि बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठक ।
विजय नेपाल
पोखरा, ३१ वैशाख । पोखरा महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । बिहान साढे ८ बजेदेखि सुरु भएको सर्वदलीय बैठक लम्बिएपछि मध्यान्ह १२ बजेसम्म पनि गणना सुरु हुन नसकेको हो । दिउँसो २ बजेदेखिमात्र गणना सुरु गर्ने सर्वदलीय बैठकको निर्णय छ ।
स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार कुल ३३ वटा वडा रहेको पोखरामा ६८.९५ प्रतिशत मत खसेको थियो । पोखरामा २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये १ लाख ४३ हजार २ सय २६ जनाले मतदान गरेको पोखरास्थित निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए ।
पोखराको मतगणना सहिदचोकस्थित मुख्य निर्वाचन अधिकृत कार्यालय रहेको पोखरा उपत्यका नगर विकास समितिको सभाहलमा र जिल्ला समन्वय समितिको सभाहलमा गरिने तयारी छ । मतगणनाको सुरक्षाका लागि गणनास्थलमा तारबार गरिएको छ । दुवै स्थानमा गरी कुल ६ ठाउँमा मतगणना गरिने छ । पोखराको मेयरमा २३ र उपमेयरमा ८ जनाबीच प्रतिस्पर्धा छ ।
कास्कीमा पोखरा सहित ५ पालिका छन् । त्यसमध्ये रुपा र माछापुच्छे« गाउँपालिकाको मतगणना सुरु भएको छ ।
कास्कीमा कुल २ लाख ८१ हजार ८ सय ३३ मतदातामध्ये शुक्रबारको मतदानमा ६९.९० प्रतिशत मत खसेको थियो । २०७४ सालको स्थानीय तह चुनावमा कास्कीमा ७५ प्रतिशत मत खसेको थियो । कास्कीमा पोखरा, रुपा, माछापुच्छे«, अन्नपूर्ण, मादी र रुपामा गरी कुल ७२ वडा छन् ।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
बजेटको किचलोले संसद बैठक अनिर्णीत
विदेशमा देखिएको सपनामा रमाउँदै पर्यटक
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
पटक–पटक किन भासिन्छ पोखरा ?
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९