अम्बिका भागवत् फाउन्डेसनको सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०७९
ambika foundation

पोखरा । अम्बिका भागवत् फाउन्डेसन पोखराको आयोजनामा पोखरा–३१, आनन्दज्योति माविमा विद्यार्थीलाई स्कुल ड्रेस र शैक्षिक सामग्री वितरण गरिएको छ ।

विद्यालयका सीमान्तकृत सामुदायिकका २० जना छात्राछात्रालाई ती सामग्री वितरण गरिएको फाउन्डेसनका अध्यक्ष भागवत नेपालले जानकारी दिए ।

विद्यलायका प्रअ शिवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा फाउन्डेसन अध्यक्ष नेपाल, को–फाउन्डर अम्बिका नेपाल, फाउन्डर देवी श्रेष्ठ, गोमा सोती, लालबहादुर श्रेष्ठ, करुणा बास्तोला र आजीवन सदस्य शोभा सुवेदीले बोलेका थिए ।

कार्यक्रममा प्रेन्सा फाउन्डेसनले छात्राहरुलाई सेनेटरी प्याड भएको नमुनाघर प्रदान गरेको थियो । कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक वसन्त पहारीले गरेका थिए । कार्यक्रममा प्रेन्सा फाउन्डेसनसहित सम्झना सामुदायिक सेवा समितिको सहयोग रहेको थियो ।

फाउन्डेसनले यसअघि चैत १६ मा निशुल्क स्वास्थ्य शिविरसमेत गर्नुका साथै विद्यालयका बालबालिकालाई ड्रेस तथा शैक्षिक सामग्री वितरण गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width