एन्फा निर्वाचनमा कास्की र गोरखा आउट

धनबहादुर गुरुङ
वैशाख २४, २०७९
ANFA Nepal

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी केन्द्रीय कार्यसमिति निर्वाचनमा गण्डकी प्रदेशबाट कास्की र गोरखा सहभागिताबाट वञ्चित बनेका छन् ।

एन्फको १५ जेठमा गर्ने भनिएको चुनाव ६ असारमा गर्ने गरी मिति सारिएको थियो । पटक–पटक स्थगितपछि गत १५ चैतको विशेष साधारण सभाले चुनाव १५ जेठमा गर्ने निर्णय गरेको थियो । तर, एन्फा सचिवालयले विशेष साधारणसभाको निर्णय उल्टाउँदै कार्यसमिति सदस्यहरू, जिल्ला र क्लबहरूलाई पठाएको ‘केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रियासम्बन्धी कार्यक्रम’मा एन्फाको चुनाव ६ असारमा गर्ने जानकारी गरायो ।

सोहीअनुरुप केन्द्रीय महाधिवेशन अघि नै जिल्लाले अधिवेशन सक्नुपर्ने भयो । केन्द्रले पनि जिल्लास्थित फुटबल संघहरुलाई निर्देशन जारी ग¥यो । समयमै नेतृत्व चयन गरेर बसेको गण्डकी प्रदेशबाट ६ जिल्लाले मात्र अधिवेशनमा मताधिकार पाउने भए । ११ जिल्ला रहेको गण्डकीमा अघिल्लो महाधिवेशन हुँदा ६ जिल्लामात्र थिए । यसबीचमा मनाङ र नवलपुरले नयाँ सदस्य इन्ट्री ग¥यो । थप जिल्लाहरुबीच समन्वय गरी ६ जिल्ला मात्रले मताधिकार पाउने केन्द्रले निर्णय ग¥यो ।

सोहीअनुसार शुक्रबार तनहुँको आबुखैरेनीमा प्रदेशका आठै जिल्ला फुटबल संघका प्रतिनिधिको भेलाले प्रतिनिधि चयन गर्दा कास्की र गोरखा मताधिकारबाट वञ्चित बनेका हुन् । गण्डकीबाट तनहुँ, बागलुङ, स्याङ्जा, नवलपुर, मनाङ र लमजुङले मताधिकार प्राप्त गरेको पर्यवेक्षक तथा केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठले बताए ।

निर्वाचनबाट प्रतिनिधि चयन गरिंदा तनहुँ र बाग्लुङले सर्वाधिक ८ मत हासिल गरे भने स्याङ्जाले ७ तथा नवलपुर, मनाङ र लमजुङको पक्षमा समान ६ मत परेको थियो । २ मतमा सीमित कास्की र गोरखाले मताधिकार पाएनन् ।
केन्द्रीय अध्यक्षमा दोस्रो कार्यकाल पनि निरन्तरता दिने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिएका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वर्तमान वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ चुनावी मैदानमा जाने पक्कापक्की जस्तै छ । यसकारण पनि यस किसिमको रणनीति अपनाइएको हुन सक्ने खेलकर्मी, एन्फाको जिल्ला तहमा पदाधिकारीको विश्लेषण छ ।

चुनावमा हालका अध्यक्ष कर्मा छिरिङ शेर्पा र वर्तमान वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ चुनावी मैदानमा जाने पक्कापक्की जस्तै छ

आसन्न एन्फाको निर्वाचनमा कास्की जिल्ला फुटबल संघ प्रतिनिधि छनोटमा असफल हुनुमा धेरै फुटबलप्रेमीले आश्चर्य व्यक्त गरेका छन् । कास्कीका अध्यक्ष उज्ज्वल रञ्जितले आफू कुनै पक्षमा रहेको बताए पनि योजनाका साथ बोलाइएको बैठकमा जबर्जस्ती माइन्युट गरिएको बताए । ‘यो योजनावद्ध नै थियो । हामीलाई बैठक भनेर बोलाइयो तर माइन्युट पहिल्यै तयार बनाइएको रहेछ,’ उनले थपे, ‘हामी सोझो रुपमा बैठकमात्र भनेर गयौं, त्यहाँ त राजनीति सुरु भइसकेको रहेछ ।’ गण्डकी प्रदेशको फुटबलमा उर्वरभूमि एन्फाको केन्द्रीय समिति चयन गर्दा सहभागी हुन नपाउनु दुखद भएको उनको प्रतिक्रिया थियो ।

आफूले कास्की फुटबलको हव हो भनेर बताइरहँदा समेत कुनै बैठकमा कुनै सुनुवाइ नभए पनि हामी यसबारे पोजिटिभ नै रहेको अध्यक्ष रञ्जितले बताए । ‘हामी कास्कीलाई छुटाउनु हुँदैन, हामी फुटबल विकास गर्न आएको हो भनेर कति रिक्वेस्ट ग¥यौं उहाँहरु मान्नुभएन,’ उनले भने, ‘हामी भोटमा गयौं यहाँ त पहिला नै सेटिङ भइसकेको रहेछ, हामीले नयाँ थपिएको मनाङ र नवलपुरलाई पनि भनेको थियौं तर सबै मिलिसकेको कुरामा हामी बोल्ने कुरा पनि भएन ।’ उनले अरु जिल्ला नआओस् भन्ने आफ्नो मनसाय नरहेको बताउँदै प्रतिनिधि छनोटमा कास्कीलाई छुटाउनुमा कास्की फुटबलका लागि दुखद विषय रहेको बताए ।

यता, एन्फाका केन्द्रीय सदस्य तथा सुपरीवेक्षक रत्नकुमार श्रेष्ठले सबै जिल्लाका अध्यक्षहरु भेला भएर निर्वाचनमार्फत प्रतिनिधि चुन्ने सहमति भएपछि ६ जिल्ला छनोट भएकाले प्रक्रिया विवादरहित भएको बताए ।

यसपटक एन्फा चुनावमा कुल भोटर ८७ रहनेछ । जुन भोट आफ्नो पक्षमा पार्न यतिबेला हालका अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्बाङले उपाय रचिरहेका छन् ।

प्यानलसहित एन्फा आगामी चारवर्षे कार्यकालका लागि चुनावी भिडन्तमा मैदान प्रवेश गर्ने पक्कापक्की भएपछि क्लब, जिल्ला र एन्फाअन्तर्गतका क्लबलाई रिझाउन व्यस्त छन् । आगामी एन्फा अध्यक्ष को बन्ने भन्नेमा दुवै समूहले आ–आफ्नै समूह बलियो रहेको दाबी गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • वर्ष खेलाडीको चर्चा

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डको वर्ष खेलाडी (महिला) विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता…
  • पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…

hero news full width