पोखरा । गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) ले स्याङ्जाको पुतलीबजारमा सेवा विस्तार गरेको छ । यसअघि स्याङ्जाकै बालिङमा युआरएलको शाखा खुलिसकेको छ ।
स्याङ्जा बजार र आसपासका सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन शुक्रबारबाट औपचारिक रुपमा सातौं शाखा सञ्चालन हुने युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए । करिब १ करोड लगानीमा स्थापना भएको प्रयोगशालाबाट भिटामिन, क्यान्सर, थाइराइड, बाँझोपन, मृर्गौला, कलेजो, मुटु, हाडजोर्नी, बाथ, नशा, एलर्जी सहितका जाँच हुने छन् ।
विभिन्न संघ, संस्थासँग सहकार्य गरी कास्की र गण्डकीका विभिन्न जिल्लामा युआरएलले सित्तैमा रगत जाँच शिविर र सचेतना कार्यक्रम आयोजना गर्दै अएको छ । पन्त भन्छन्, ‘प्रदेशको पहिलो र अग्रणी ल्याब भएकाले यो क्षेत्रमा प्रदेशलाई आत्मनिर्भर बनाउने, सामाजिक उत्तरदायित्व निर्वाह गर्ने र जनतालाई सुलभ तवरले गुणस्तरीय सेवा दिन हामी प्रतिबद्ध छौं ।’
ल्याब स्थापनाको अवसरमा वैशाख महिनाभर मधुमेह जाँच सित्तैमा र अरु सबै प्रकारका जाँचमा ३० प्रतिशत छुट दिइएको छ । युआरएल गण्डकी प्रदेशका बासिन्दालाई स्थानीय ठाउँमै गुणस्तरी ल्याब सेवा दिन प्रतिवद्ध रहेको अर्थ निर्देशक गणेश कोइरालाले बताए ।
Related News
सम्बन्धित समाचार
नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकीमा पदमबन्धु पोखरेल
प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेलले भने : भृकुटी कागज कारखाना प्रदेशले साझेदारीमा चलाउन चाहन्छ
सौन्दर्य प्रतियोगिता नाममा बलात्कार प्रकरणः आरोपित पाण्डे पक्राउ
बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
पोखरामा एमालेको वडा खोस्दै कांग्रेस
hero news full width
मुख्य समाचार
गाउँपालिका अध्यक्षको सपथ
मेयरमा अन्तर ३ हजार पार
जेठ ६, २०७९घर फर्किए म्यादी प्रहरी
जेठ ६, २०७९पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
जेठ ६, २०७९गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९