मेयर जिसीले खानेपानी दिएनन्, मैले दिन्छु: धनराज

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०७९
congress ~dhanraj

पोखरा, २२ वैशाख । पोखरा महानगरमा गठबन्धनबाट मेयरका साझा उम्मेदवार धनराज आचार्यले साविकको कालिका र माझठाना गाविस मिलेर बनेको पोखरा २८ मा खानेपानीको समस्या हुन नदिने बताएका छन् ।

पोखरा २८ को घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै लाखौंको खानेपानीको योजना परेको वडामा पानीकै समस्या हुनु लज्जास्पद भएको उनको जिकिर गरे । गठबन्धनबाट मेयरमा आफू र उपमेयरमा कोपिला रानाभाटसहित वडा तहमा पनि गठबन्धनको उम्मेदवारलाई जिताएमा जनताले पानीका लागि घण्टौंं हिड्न नपर्ने समस्या हल गर्ने बताए । वडा २८ को ओख्ले, आरुपाटा, डाँडा गाउँ, देउमाडी, माझठाना लाम्चे, सौर्य लगायतका अधिकांश भेगमा पानीको हाहाकार छ ।

यसअघिको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट पोखरा महानगरका मेयर बनेका मानबहादुर जिसी पोखरा २८ कै भए पनि ५ वर्षसम्म खानेपानीको समस्या उस्तै छ । मेयर जिसीले आफ्नो वडामा बाटो चिल्लो बनाए पनि दैनिक जीवनमा अतिआवश्यक खानेपानीमा ध्यान नदिएको उम्मेदवार आचार्यको टिप्पणी थियो ।

उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले आफू पनि सोही क्षेत्रका भएकाले यो पटक गठबन्धनको नेतृत्वमा पोखरा महानगरले मेयर उपमेयरसहित वडामा नेतृत्व पाएको खण्डमा विकासको गति तीव्र बनाउने बताइन् । कालिका, माझठानाको खानेपानी समस्याका लागि पनि यो पटक गठबन्धन आवश्यक रहेको उनको भनाइ थियो ।

पोखरा २८ बाट अध्यक्षका उम्मेदवार श्रीकृष्ण लामिछानेले महानगरकै वडा भए पनि राज्यबाट पाउने अधिकार नपाएको बताए । पोखरा २८ लाई सच्चिकै महानगरकै वडा बनाउनका लागि पनि आफूहरुको नेतृत्व आवश्यक रहेकाले वडाका मतदाताहरुलाई मतदान गरी जिताउने उनले आग्रह गरे ।

सो वडाको सदस्यमा गठबन्धनबाट इन्द्रकला विक, कमला थापा, डाल्डादेवी भुजेल र नारायण बजगाई उम्मेदवार छन् ।

Related News

सम्बन्धित समाचार

  • करार फालेर करार नियुक्त गर्दै महानगर

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । तीन महिनायता पोखरा महानगरपालिका करार कर्मचारी विवादले जेलिएको छ । निर्णय गर्ने तर कार्यान्वयन नगर्ने शृृङ्खलाबाट गुज्रिरहेको पोखराको…
  • भलिबल क्रेज बढाउँदै टाइगर कप

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शनिबारदेखि पोखरामा पाँचौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु भएको छ ।…
  • पोखरा महानगरपालिकाको १६ औैं नगर सभा सम्पन्न

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा महानगरपालिकाको १६ औैं नगर सभा शुक्रबार सम्पन्न भएको छ । गत २८ पुसदेखि शुभारम्भ भएको नगर सभा सभामा पेस…
  • धारापानी माविको ७४ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । कास्कीको अन्नपूर्ण–३, पाउँदुरस्थित धारापानी माध्यमिक विद्यालयको ७४ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोह शुक्रबार भएको छ…
  • सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । गण्डकीका सांसद जित शेरचन बजेट निर्माणमा फिक्सिङ भएका योजनाहरु अलपत्र परेको बताउँछन् । सरकारले बजेट बनाउँदा सांसदलाई थामथुम…

hero news full width