पोखरा। गण्डकी प्रदेश प्रहरीको त्रिवर्षीय रणनीतिक योजनाको मस्यौदा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलाई हस्तान्तरण गरिएको छ । रणनीति मस्यौदा तयारी लागि गठित निर्देशक समितका संयोजक मुख्य न्यायाधिवक्त रोहितराज बास्तोलाले प्रतिवेदन मुख्यमन्त्रीलाई सोमबार हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले संविधानले प्रदेशको अधिकार सूचीमा प्रदेश प्रहरी राखे पनि ५ वर्ष पुग्न लाग्दा समेत व्यावहारिक रुपमा कार्यान्वनमा आउन नसकेको बताए । संघ सरकारले प्रदेश सरकारलाई पत्यार नगरेजस्तो वातावरण सिर्जना भएको भन्दै आफूहरुले बनाएको प्रहरी ऐन केन्द्रकै कारण कार्यान्वयनमा आउन नसकेको उनको भनाइ थियो ।
मस्यौदा हस्तान्तरण गर्दै मुख्य न्यायाधिवक्ता बास्तोलाले प्रदेश सरकारको समृद्ध प्रदेश सुखी नागरिकको चाहना परिपूर्तिका लागि अपराधको नियन्त्रण र शान्ति सुरक्षाको प्रत्याभूति भई संविधानले सुनिश्चित गरेको मानवीय सुरक्षा र समृद्ध प्रदेशको लक्ष्य पूरा हुने अपेक्षा गरिएको बताए ।
परम्परागत सोच र परिचालन पद्धतिमा परिवर्तन गरी नागरिकमैत्री, पेसाप्रति अभिप्रेरित प्रतिबद्ध र इमान्दार प्रहरीको विकास र व्यवस्थापन गर्नका लागि पहिचान गरिएका उल्लेखित विषयवस्तु सम्बन्धमा सुधारको लक्ष्यसहित रणनीतिक योजना तयार पारिएको उनले जानकारी गराए ।
मस्यौदामा ७ वटा रणनीतिक लक्ष्य निर्धारण गरिएको छ । ती लक्ष्य प्राप्तिका लागि एक्सन प्लान समेत तयार गरिएको छ । आधुनिक प्रविधि र स्रोत साधनको प्रयोग गरी सडक सुरक्षा र सवारी आवागमन व्यवस्थालाई प्रभावकारी बनाउने लगायत लक्ष्य मस्यौदामा समावेश गरिएको छ ।
उक्त अवसरमा आन्तरिक मामिला मन्त्री डोवाटे विश्वकर्मा, प्रमुख सचिव रविलाल पन्थ, आन्तरिक मामिला सचिव बद्रीनाथ अधिकारी, प्रदेश प्रहरी प्रमुख डिआइजी दिवेश लोहनी, आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदी लगायत सहभागी थिए ।
रणनीतिक योजना तयारीका लागि निर्देशक समितिमा संयोजक मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोला, सदस्यमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव रामप्रसाद आचार्य, कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयका सचिव शम्भुराज रेग्मी, आन्तरिक मामिला मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी र डिआइजी दिवेश लोहनी थिए ।
आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीको संयोजकत्वमा ७ सदस्यीय कार्यसमिति समेत बनाइएको थियो । रणनीति निर्माणका लागि नीति फाउन्डेसनका विज्ञहरु सामेल थिए ।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेलले भने : भृकुटी कागज कारखाना प्रदेशले साझेदारीमा चलाउन चाहन्छ
पोखरामा एमालेको वडा खोस्दै कांग्रेस
गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
पोखरा महानगरको मतगणना सुरु
hero news full width
मुख्य समाचार
सौन्दर्य प्रतियोगिता नाममा बलात्कार प्रकरणः आरोपित पाण्डे पक्राउ
बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
जेठ ७, २०७९गाउँपालिका अध्यक्षको सपथ
जेठ ६, २०७९मेयरमा अन्तर ३ हजार पार
जेठ ६, २०७९घर फर्किए म्यादी प्रहरी
जेठ ६, २०७९पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
जेठ ६, २०७९