‘पहिले लालपुर्जा, पछि भोट’

धनबहादुर गुरुङ
वैशाख २०, २०७९
Sukumbasi Photo

पोखरा । पोखरा १४ का सुकुमबासी मतदाताले ‘पहिले लालपुर्जा, पछि भोट’ सम्झौतापत्रमा हस्ताक्षर गरेपछि मतदान गर्ने सर्त अघि सारेका छन् ।

आफूहरुलाई राजनीतिक दलको ‘भोट बैंक’ रुपमा मात्र प्रयोग गरेका कारण शर्त अघि सारेको सुकुमबासी संघका अध्यक्ष खड्कबहादुर विश्वकर्माले जानकारी दिए । सुकुमबासीको हकहितका लागि काम गर्ने भन्दै खोलिएको संस्था आधिकारिक नभए पनि निर्वाचनका समयमा सर्त अघि सार्ने गरी अघि बढेको उनले बताए । निर्वाचनलगत्तै संघ दर्ता प्रक्रियामा जाने बताएका उनले यो अभियानमा सबैको साथ रहेको जनाए । ‘चुनावका समयमा राजनीतिक दलका व्यत्तिहरुले सधैं भोट, पैसा र मासु भातमा दाजेर खेलबाँड गरिरहेको छ,’ उनले भने, ‘अहिलेसम्म धेरै पुस्तालाई सुकुमबासीको नाममा अलपत्र बनाएको छ ।’ यो पटक लालपुर्जा प्राप्तिको गतिलो प्रमाणका लागि सर्त अघि सारिएको उनको भनाइ छ ।

पोखरा वडा १४ मा ८ हजार १ सय ६६ मतदाता छन् । जहाँ ११ सुकुमबासी टोल छन् । ती टोलहरुमा करिब ४ हजार हाराहारीमा सुकुमबासी मतदाता रहेको अध्यक्ष बिकले बताए । पोखरा १४ को प्रगति टोल संस्था रातोडाँडा, विजयपुर बस्ती, सेती दोभान बस्ती, शुभकामना टोल, सैनिक तारा टोल, सेती खोला, गैरे गाउँ, तल्लो शान्ति टोल, उपल्लो शान्ति टोल, तल्लो काजीपोखरी टोल र प्रगति टोल विकास संस्था काजीपोखरी एक साथ यो शर्तमा लागेका हुन् । आफूहरु पटक–पटक चुनावका समयमा आश्वासन जालोमा फसेका कारण यो पटक मेयर, उपमेयर, वडाध्यक्ष सहित सदस्यहरुले हस्ताक्षरसहित सम्झौता गरे मात्र भोट हाल्ने उनले जनाए । ‘हामीले यो पार्टी त्यो पार्टी केही भन्दैनौं, सबैप्रति हाम्रो सम्मान छ,’ उनले भने, ‘तर घरदैलोमा आउने सबै पार्टीका मेयर, उपमेयर, वडाध्यक्ष र सदस्य सबैलाई शर्तमा हस्ताक्षर गराउने हामी ११ वटै टोलका हामी सुकुमबासीहरुको योजना छ ।’

पोखरा महानगरभर करिब ३५ हजार सुकुमबासी मतदाता रहेको संघको अनुमान छ

पोखरा १४ बाट सुरु गरिएको शर्तमा हस्ताक्षरको अभियान निर्वाचनसम्म कास्कीका सबै वडासहित नेपालभर पुर्‍याउने संघको योजना रहेको उनले सुनाए । कास्की जिल्लाभर २ लाख ८१ हजार ८ सय ३३ मतदाता छन् । तीमध्ये ५७ हजार हजार २२ नयाँ मतदाता हुन् । पोखरा महानगरमा मात्र २ लाख ७ हजार ७ सय १२ मतदाता छन् । जसमध्ये पोखरा महानगरभर करिब ३५ हजार सुकुमबासी मतदाता रहेको संघको अनुमान छ । पोखरा महानगरको अधिकांश वडामा सुकुमबासी टोल छ । यसकारण पनि सबै टोलहरु एकीकृत हुनु परेको उनले बताए ।

निर्वाचनकै समयमा हस्ताक्षर गरी एकप्रति आफूहरुले राखेमा पछि आफ्नो हकहितका लागि सहज हुने अध्यक्ष बिकले बताए । ‘वैशाख ३० गते हुने निर्वाचनमा सबै नेताहरुले यो सम्झौतापत्रमा सही गर्नुपर्छ,’ उनले भने, ‘यो सम्झौतापत्र भयो भने पछि हाम्रो अधिकारका लागि तालाबन्दी, नारा जुलुस गर्न सक्ने आँट आउँछ, अब उधारो काम हुँदैन ।’

राष्ट्रिय भूमि आयोग कास्की अध्यक्ष गंगाप्रसाद पोखरेलले सुकुमबासी मतदातालाई भोट बैंकको रुपमा सम्झनु गलत रहेको धारणा राखे । निर्वाचन समयमा कुनै पनि पार्टीले लालपुर्जा अथवा कुनै आश्वासन दिएर भोट बटुल्न खोज्न नहुने उनको भनाइ थियो । ‘जनताले लालपुर्जा पाउने कुराले निर्वाचनले कुनै सम्बन्ध राख्दैन, लालपुर्जा पाउने जनताको नैसर्गिक अधिकार हो,’ उनले भने, ‘यो संवैधानिक अधिकारका कुरामा भोट दिने वा नदिने भन्ने प्रश्नै उठ्दैन ।’ जनताले भोट नदिन पनि सक्छन तर लालपुर्जा पाउनुपर्ने उनको भनाइ थियो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width