पोखरा । सत्ता गठबन्धनतर्फबाट पोखराको मेयरका उम्मेदवार धनराज आचार्यले सोमबार जन्मथलोबाट चुनावी प्रचार सुरु गरेका छन् । चुनावी प्रचारमा उनको साथमा पोखराका गठबन्धनतर्फबाट उपमेयरमा कांग्रेस उम्मेदवार कोपिला रानाभाट पनि थिइन् ।
घरदैलोमा मेयर उम्मेदवार आचार्यले विकासका लागि हुने कुनै पनि काम बन्द कोठाबाट निर्णय नगर्ने प्रतिबद्धता व्यक्त गरे । पोखरा ३३ मा ल्यान्डफिल साइड र औद्योगिक क्षेत्र बनाउने छलफल हुँदा स्थानीयसँग समन्वय नहुन दुखद रहेको बताए । उनले उक्त कुरामा आफू स्थानीय जनतासँग छलफल गरेर न्यायपूर्ण संगतमा अघि बढ्ने बताए ।
उनले राजमार्गदेखि वडा २ देखि ३ मिनेटको दुरीमा रहे पनि वडालाई जोड्ने पुल नहुँदा समस्या आएको बताए । उनले एउटा पुल बनाउने काम भइरहेको र अर्को पुलको पनि आवश्यकता रहेको उल्लेख गरे ।
महानगर भए पनि बसको सुविधा नहुँदा स्थानीयले समस्या भोग्नुपरेको उनले उल्लेख गरे । उनले पृथ्वीचोकमा सिटी बसपार्क बनाउने र लामेआहालमा बसपार्क निर्माण गरेपछि पोखरामा कोठा लिएर बस्नपर्ने बाध्यता नहुने बताए ।
उनले आफ्नो राजनीतिक यात्रा पोखरा ३३ बाट सुरु भएको बताउँदै धेरै पटक सूर्य चिन्हमा मतदान मागेको स्मरण गरे । उनले पार्टीमा दुर्घटना भएकाले मुलुक बचाउन गठबन्धन गर्न बाध्य भएको सुनाए । २०४८ देखि कुरा गरेको तर पूरा नभएको विकासलाई अब मूर्तरुप दिने अवस्था आएको जनाए । देशको सार्वभौमसत्ता जोगाउन नयाँ पार्टीको स्थापना गर्नुपरेको उनको तर्क छ ।
शिक्षा, स्वास्थ्य, खेलकुदको क्षेत्रमा उल्लेखनीय प्रगति गर्न गठबन्धनलाई मतदान गरी जिताउन उनको आग्रह छ
यसैगरी, उपमेयर उम्मेदवार कोपिला रानाभाटले एमालेको सरकारका कारण पोखराको ग्रामीण क्षेत्र पछाडि परेको बताएकी छन् । उनले विकासको लहर ल्याउन गठबन्धनलाई जिताउन समेत आग्रह गरेकी छिन् । हिजोको सरकारले वडामा केन्द्रित गरेर ल्याएका कुनै पनि कार्यक्रम प्रभावकारी नभएको बताउँदै गठबन्धनले नै जनताको आकांक्षा पूरा गर्ने रानाभाटले बताइन् ।
उनले आफूलाई कुनै लोभ र लालच नभएको र अब महानगरबासीको सपना पूरा गर्ने प्रतिबद्धताका साथ चुनावी मैदानमा होमिएको दोहोर्याइन् । जनताको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्न गठबन्धनको विकल्प नभएको तर्क उनको थियो ।
सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्य स्वरुप आफु प्रतिस्पर्धामा रहेको बताइन् । विकासका सबै काम सहरकेन्द्रित हुँदा महानगरले नै छोएको ग्रामीण भेग पछाडी परेको रानाभाटले उल्लेख गरिन् । शिक्षा, स्वास्थ्य, खेलकुदको क्षेत्रमा उल्लेखनीय प्रगति गर्न गठबन्धनलाई मतदान गरी जिताउन उनको आग्रह छ ।
पोखरा ३३ का वडाध्यक्षका उम्मेदवार रामचन्द्र अधिकारीले कानुन जोगाउन गठबन्धन गरिएको बताए । वडाको तल्लो पुणिटारमा भएको घरदैलो तथा परिचयात्मक कार्यक्रममा वडा सदस्यका उम्मेदवार प्रकाश कार्की, दुर्गा केसी, श्रीदत्त बराल, सृष्टि विकसहित गठबन्धनका नेता, कार्यकर्ता सहभागी थिए ।
पोखरा ३३ धनराज र स्व. रवीन्द्र अधिकारीको जन्मथलो हो । जहाँ उनीहरुले बाल्यकाल बिताएका थिए । निर्णायक मतदाता मानिने सो वडाका मतदातले पहिले रवीन्द्रलाई जिताउँदै आएकोमा यसपटक कसलाई जिताउँछन् प्रतीक्षाको विषय छ ।
Related News
सम्बन्धित समाचार
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
hero news full width
मुख्य समाचार
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माघ ५, २०८१