पत्रकार गर्बुजाद्वारा सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख १५, २०७९
Help to uniond

म्याग्दी । म्याग्दीका पत्रकार धनीलाल गर्बुजाले आफ्नो जन्मदिनको अवसरमा प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गरेका छन् । बुधबार परेको जन्मदिनको अवसरमा गर्बुजाले प्रेस युनियन म्याग्दीले स्थापना गरेको अक्षयकोषलाई १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
उनले प्रेस युनियन म्याग्दीका सभापति राकेश शर्मा र सचिव साधन राम्जालीलाई रकम हस्तान्तरण गरे । जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई जोगाएर पत्रकारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको पत्रकार गर्बुजाले बताए ।
म्याग्दी न्युज डटकममा आबद्ध गर्बुजा प्रेस युनियन म्याग्दीका उपाध्यक्ष र नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) म्याग्दीका कोषाध्यक्ष हुन् । म्याग्दीमा क्रियाशील पत्रकारहरुको आपतकालीन सहयोगको लािग निर्माण गरिएको ५ लाखको अक्षयकोषलाई हाल अस्ट्रेलियामा रहेका प्रेस युनियन म्याग्दीका पूर्व सभापति गोपाल छन्त्यालले २० हजार र नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले १०हजार रुपैयाँ सहयोग गरेको सचिव राम्जालीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width