पाेखरा । सत्तारूढ गठबन्धनका पाँच दलहरुले सातै प्रदेशमा गर्ने भनिएको चुनावी सभा रद्द गरिएको छ। यसअघि वैशाख ८ गते नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको स्थानीय निर्वाचनका लागि गठबन्धनका दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको थियो।
तर, बुधबार बसेको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरुको आन्तरिक तयारी र अनगुमन गर्ने संयन्त्रको बैठकले सातै प्रदेशमा चुनाव सभा गर्ने निर्णयलाई संशोधन गरेको संयन्त्रका सदस्य सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए।
उनका अनुसार अब गठबन्धनले वैशाख २३ गते दिउँसो १ बजे काठमाडौंमा मात्रै चुनावी सभा गर्नेछ। उक्त सभालाई गठबन्धन दलका प्रमुख र संयन्त्रका संयोजकले सम्बोधन गर्ने सदस्य सचिव जोशीले जानकारी दिए।
उनले भने, अन्य चुनावी सभाहरु आवश्यकता अनुसार गठबन्धनमा रहेका दलहरुले स्थानीय तहमा नै गर्नेगरी कार्यक्रम तयर गर्न सक्ने निर्णय भएको छ।
यसअघि वैशाख ८ गतेको बैठकले वैशाख १८ गते धनगढीबाट चनुनावी सभा सुरु गरेर वैशाख २२ गते काठमाडौंबाट समापन गरिने कार्यतालिका तय गरिएको थियो। उक्त सभालाई संयोजकसहित पाँचै दलका प्रमुख नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो। यद्पि उक्त निर्णय भएको ६ दिनपछि भने सातै प्रदेशको चुनावी सभाको कार्यक्रम रद्द गरिएको हो। उक्त कार्यक्रम रद्द गरिनुको कारण भने खुलाइएको छैन।
Related News
सम्बन्धित समाचार
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
hero news full width
मुख्य समाचार
महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माघ ५, २०८१मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
माघ ५, २०८१अध्यादेशको विरोधमा कास्कीका ३५ शिक्षकले दिए सामूहिक राजीनामा
माघ ५, २०८१