पोखरा । पोखरा ९ नयाँबजारस्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २०औं स्थापना दिवस मनाएको छ । संस्थाले पोखरा २५, हेमजास्थित मानवसेवा आश्रमलाई २५ हजार रुपैयाँ सहयोग गरेको छ ।
संस्थाका उपाध्यक्ष शम्भुराज बास्तोलाले सोमबार आश्रम परिसरमा आयोजित समारोहबीच आश्रमका सञ्चालक रकम हस्तान्तरण गरे ।
संस्थाको वार्षिकोत्सवको अवसरमा परोपकारी संस्था मानवसेवा आश्रमलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । कार्यक्रममा संस्थाका सदस्य, कर्मचारीलगायत सञ्चालक एवं सल्लाहकारको साथै आश्रमका सञ्चालकलगायत उपस्थित थिए ।
२०५९ साल वैशाख १२ गते स्थापित संस्थाका ४ हजारभन्दा बढी सेयर सदस्य छन् । कुल १० करोड ४८ लाख सेयर पुँजी रहेको सहकारीले आव २०७७/०७८ मा २ करोड २९ लाख ६३ हजार खूद मुनाफा आर्जन गर्न सफल भएकोे संस्थाका कोषाध्यक्ष हिरामणि दाहालले बताए ।
पोखरा ९ नयाँबजारमा प्रधान कार्यालय रहेको सहकारीले पोखरा ८, सिर्जनाचोक र अमरसिंहचोक सेवाकेन्द्रबाट समेत वित्तीय सेवाहरु प्रदान गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
मुल्मीको एकल चित्रकला प्रदर्शनी
कालिका माविको ४२ औं वार्षिकोत्सव
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पोखरा महोत्सव समापन, बेसलाइनलाई नृत्य उपाधि
वडा १५ मा बृहत् खेलकुद समापन
hero news full width
मुख्य समाचार
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१