पोखरा । निर्माण सामग्रीमा भएको मूल्यवृद्धि समायोजन गर्न माग गर्दै गण्डकी प्रदेश निर्माण व्यवसायी संघ पोखरा र संस्थाको कास्की जिल्ला समिति आन्दोलन जारी राखेको छ । उनीहरुले मंगलबार प्रदेश प्रमुखको कार्यालय अगाडि र जिल्ला प्रशासन कार्यालय अघिल्तिर १ घण्टा धर्ना दिए ।
नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय समितिले घोषणा गरेको कन्स्ट्रक्सन होलिडेका कार्यक्रमअन्तर्गत प्रदेश र जिल्लास्तरबाट निर्माण व्यवसायीले बिहान ११ बजेबाट १२ बजेसम्म धर्ना दिएको संस्थाको कास्की जिल्ला कमिटी अध्यक्ष लीलकाजी गुरुङले जानकारी दिए । यस्तो कार्यक्रम बुधबार पनि सातै प्रदेशमा हुने र अर्को परिपत्र नभएसम्म यी कार्यक्रम निरन्तर रहने उनले जानकारी दिए ।
धर्नाका अवसरमा मूल्यवृद्धि समायोजन मार्गदर्शन–२ जारी गर्न, बिमा निर्देशिका–२०७८ र बिमा सिन्डिकेट तुरुन्त खारेज गर्न, भुक्तानी हुन बाँकी रकम भुक्तानी गर्न, ११ औं संशोधनका त्रुटि सच्याउन माग गरिएको छ । यसैगरी सार्वजनिक खरिद नियमावलीको नियम ६ को व्यवस्था कडाइ साथ लागु गर्न पनि आफूहरुले माग गरेको प्रदेश कमिटी अध्यक्ष टंकराज बरालले जानकारी दिए ।
कन्स्ट्रक्सन होलिडे, हाम्रो बाध्यता हो, निर्माण व्यवसायी एकता जिन्दावाद, हामी राज्यका विरोधी होइनौं, राज्यका सारथि हौं, एकपक्षीयरुपमा निर्माण व्यवसायीलाई मात्र दोष दिने काम बन्द गर, तोकिएको गुणस्तर र समयमा निर्माण हाम्रो प्रतिबद्धता र स्वदेश निर्माण कम्पनीको संरक्षण गर जस्ता नारा लेखिएका प्लेकार्ड पनि सहभागीले धर्नामा बोकेका थिए ।
केही महिनादेखि पेट्रोल, डिजल, विटुमिन, ग्यास, फलामजन्य निर्माण सामग्री–छड, ग्याबिन तार, पाता, आइरन ब्लेड लगायत निर्माणक्रममा आवश्यक विभिन्न सामग्रीमा अप्रत्यासित र अत्यधिक मूल्यवृद्धि भएको र यस्तो मूल्यवृद्धिको सम्बोधन नभएसम्म निर्माण व्यवसायीले निर्माण कार्य संचालन गर्न नसक्ने महासंघले जनाएको छ । महासंघका महासचिव रोशन दाहालले जारी गरेको परिपत्रमा यही वैशाख ११ गतेबाट कन्स्ट्रक्सन होलिडे लागु गरिएको र माग सम्बोधन नभएसम्म अत्यावश्यक निर्माणका काम बाहेक अरु निर्माण कार्य बन्द रहने उल्लेख छ ।
Related News
सम्बन्धित समाचार
‘सिमेन्टमा मूल्यवृद्धि फिर्ता गर’
सिमेन्टमा मूल्यवृद्धिको निर्माण व्यवसायीद्वारा विरोध
सुजल डेरीले ल्यायो ‘सफल काउ घिं’ बजारमा
२० औं लेखनाथ महोत्सव सुरु
२० औं लेखनाथ महोत्सव बिहीबारदेखि
hero news full width
मुख्य समाचार
ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
पौष २९, २०८१नगर सभामा राजस्व बक्यौता असुली कार्ययोजना प्रस्तुत
पौष २९, २०८१दूतराजको प्रस्तुतिमा झुमे दर्शक
पौष २९, २०८१प्याब्सन कास्कीमा षडानन्द गौतम
पौष २८, २०८१पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
पौष २८, २०८१