दीपक पौडेलको विवादित भिडियो र मञ्जु गुरुङको इन्कारीले अप्ठेरोमा एमाले

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०७९
dipak manju

पोखरा । पोखरा महानगरपालिकाको नेकपा एमालेले उम्मेदवार बनाएका दीपक पौडेल विवादमा मुछिएको र उपमेयरका उम्मेदवार मञ्जु गुरुङले पार्टीको निर्णय स्वीकार गर्न नसकिने बताएपछि अहिले एमाले अप्ठेरोमा परेको छ ।

निर्वाचन आयोगले हिजो र आजलाई मनोनयनको दिन तोकेको छ । मनोनयनको दिन अगावै उम्मेदवार छानेर ढुक्क भएको एमालेलाई दीपक पौडेलको केही वर्ष अगाडिको सुन कान्ड घाँडो बनेको छ ।

पोखराकै एक सुन पसलबाट गहना निकालेर खल्तीमा हालेको सिसिटिभी फुटेज केही वर्ष अगाडि सार्वजनिक भएको थियो । अहिले चुनावका बेला त्यही भिडियो भाइरल भएपछि एमालेमाथि उम्मेदवार फेर्न दबाब थपिएको छ ।

एमालेका उपमहासचिव एवं सञ्चार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीचको टकरावका कारण मध्यमार्ग एवं ओली निकट मानिने पौडेलले उम्मेदवारको टिकट पाउन सफल भएका थिए । तर जसै उनी विवादमा तानिएका छन्, उसै एमाले अप्ठेरोमा परेको हो ।

त्यसो त दीपक पौडेलको राजनीतिक यात्रा लामै छ । पोखरा १९ पुरनचौरका पौडेल माध्यमिक तहको शिक्षबाट अवकाशप्राप्त हुन् । उनी एमाले निकट शिक्षक संगठनको राष्ट्रिय उपाध्यक्ष हुन् । पोखरा महानगर पार्टी कमिटीको अध्यक्ष पनि उनी भइसकेका छन् ।

विकासको भिजन भएका र राजनीतिमै होमिएका युवा पुस्तालाई पाखा लगाएर एमालेले पौडेललाई महानगरको टिकट दिने निधो गरेको थियो । एमालेभित्रै र बाहिर उनलाई एमालेभित्रको कमजोर उम्मेदवारका रुपमा चित्रण गरिएको थियो । एमालेबाटै केही सयममात्र बाहिरिएका नेकपा समाजवादीका कास्की अध्यक्ष धनराज आचायको उम्मेदवारीलाई एमालेको यो निर्णयले सहज बनाइदिएको टिप्पणी समेत भएको थियो ।
तर दीपक पौडेल भने आफ्नो चरित्र हत्या भएको र त्यस्तो कान्डमा आफू संलग्न नै नभएको जिकीर गरेका छन् ।

उता उपमेयरका लागि सिफारिस मञ्जु गुरुङको अस्वीकार्यताले पनि एमाले अप्ठेरोमै परेको छ । पार्टीले मेयरका लागि टिकट नदिने संकेत पाएपछि उनले मेयर उपमेयर दुवै पदका लागि दाबी नै गरिनन् । तर एकाएक उनको नाम उपमेयरमै आयो । बहालवाला उपमेयर र मेयर बिरामी भएका बेला कार्यवाहक भएर काम गरेकी उनले मेयरमा दाबी गर्नु पनि स्वभाविक नै थियो ।

अहिले दीपक पौडेलको ठाउँमा मञ्जुलाई टिकट दिने र मञ्जुको स्थानको दोस्रो व्यक्ति खोज्ने बारेमा चर्चा सुरु भएको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width