पोखराको मेयरमा पहिलो दिन ११ र उपमेयरमा ४ को उम्मेदवारी

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७९
pokhara metropolitaincity office

पोखरा, ११ वैशाख । आसन्न स्थानीय तहको चुनावका लागि पोखराको प्रमुखमा पहिलो दिन ११ जनाको मनोनयन दर्ता भएको छ । यस्तै उपप्रमुखमा ४ जनाले उम्मेदवारी दिए।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी कुल ३८ जनाको मनोनयन लिइएको छ । वडाध्यक्षमा १७ र सदस्यमा ६ जनाले उम्मेदवारी दिएका छन् । पोखरामा कुल ३३ वडा वटा छन् । पहिलो दिन ठूला दलबाहेक साना तथा स्वतन्त्रले मनोनयन दिएका हुन् ।

पोखराको मेयरमा मनोनयन दिनेमा स्वतन्ततर्फबाट खड्कराज पौडेल ‘गणेश’, विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला र किसानसिंह गुरुङ छन् छन् । मौलिक जरोकिलो पार्टीबाट सञ्जय तिमिल्सिना, सचेत नेपाली पार्टीका भोजराज खनाल, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमप्रसाद गुरुङ र नेपाली जनता दलका मुक्तिनाथ सुवेदीले मनोनयन दिएका छन् ।

उपमेयरमा सचेत नेपाली पार्टीबाट सोनी परियार, मंगोल नेसनल अर्गनाइजेसनबाट रामबहादुर तामाङ, राप्रपा नेपालबाट चिना दवाडी र स्वतन्त्रका सोममाया बिकले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी नील पनेरुले बताए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width