पशु अधिकार अभियानको कार्य समिति गठन

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७९
pashu adhikar abhiyan karya samitis

पोखरा । पशुपंक्षीको संरक्षण तथा प्रवद्र्धनको क्षेत्रमा कार्यरत पशु अधिकार अभियान (आर्म) नेपालको प्रथम साधारणसभा तथा अधिवेशन शनिबार भएको छ । अधिवेशनले लीलाधर पौडेलको अध्यक्षतामा कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा डा. दीर्घनाथ ढुंगाना, सचिव प्रकाश पौडेल र कोषाध्यक्ष वैकुण्ठ पौडेल छन् ।

सदस्यहरु सीतादेवी पौडेल, तुलसी अधिकारी, विष्णुप्रसाद भण्डारी, रञ्जिना पोखरेल, टुकराम लामिछाने, भगवती तिमिल्सिना र शोभा ढुंगाना चयन भए ।

संस्थाका कानुनी सल्लाहकार तोयनाथ पौडेलको संयोजकत्वमा गठित समितिले निर्वाचन गराएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले संस्थापक पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

संस्थाका अध्यक्ष लीलाधर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ढुंगानाले स्वागत तथा सचिव शोभा ढुंगानाले सञ्चालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width