पोखरामा गठबन्धनको मेयर उम्मेदवार धनराज

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७९
Dhanraj Acharya

पोखरा । पोखराको भाग पाएको एकीकृत समाजवादीले मेयरको उम्मेदवार टुंग्याएको छ । कास्की जिल्ला अध्यक्ष धनराज आचार्यलाई मेयरको टिकट दिने निर्णय समाजवादीले गरेको हो । योसँगै कांग्रेससहित गठबन्धन दलहरुको साझा उम्मेदवारका रुपामा आचार्यले मनोनयन दर्ता गर्नेछन् । अन्तिम समयसम्म पनि एमालेमा फर्किने आरोप खेप्दै आएका आचार्य उक्त आरोपलाई चिर्दै पोखराको मेयर बन्ने बाटोमा अघि बढेका हुन् ।

आचार्य पोखराका प्रभावशाली नेताका रुपमा गनिन्छन् । विद्यार्थी राजनीतिबाट उदाएका उनी पृथ्वीनारायण क्याम्पसका पुर्व स्ववियु सभापति बनेर काम गरिसकेका छन् । उनी १५ वर्षकै उमेरबाट राजनीतिमा सक्रिय थिए । केपी ओलीको गढ मानिने कास्कीमा आचार्यले नै माधवलाई समानान्तर गतिविधिमा साथ दिँदै आएका थिए । उनले साथ मात्रै दिएनन्, पार्टी विभाजनका बेला बलियो खम्बा बनेर उभिए ।

२०४२ सालमा नेकपा माले युवा लिगमा संगठित भएर राजनीतिक यात्रा सुरु गरेको बताउँछन् । ०४५ सालमा राष्ट्रिय पञ्चायतका सदस्य प्रत्याह्वनविरुद्ध आन्दोलनबाट गिरफ्तार भएका उनी २ वर्षसम्म जेलका राजबन्दी र पार्टीबीचको सम्पर्क सूत्रको जिम्मेवारीमा रहेर समेत काम गरेको आचार्यको भनाइ छ । उनी ०५२ सालमा नेकपा एमाले कास्की जिल्ला कमिटी सदस्य बनेका थिए । ०५४ मा महाकाली सन्धिको विवाद हुँदा आचार्य वामदेव गौतम नेतृत्वको नेकपा मालेको जिल्ला कमिटी सचिवालय सदस्य भएर काम गरे ।

२०६० सालमा नेकपा एमाले कास्की उद्योग व्यवसाय विभाग प्रमुख बनेका आचार्य राष्ट्रिय वाणिज्य संघको अध्यक्ष हुँदै अहिले नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य र कास्कीमा एकीकृत समाजवादी हाँकिरहेका छन् । आचार्य एमालेका तत्कालीन प्रभावशाली नेता स्व. रवीन्द्र अधिकारीका बालसखा हुन् भने लायन्स क्लवको डिस्ट्रिक गभर्नरको रुपमा काम गरिसकेका छन् ।

गठबन्धनबाट मेयरको टिकट टुंगिए पनि उपमेयर पाएको कांग्रेसले नाम टुंग्याएको छैन । उपमेयरमा महानगरका सभापति सुरेन्द्रमान बिजुक्छेदेखि, पुराना नेता वीरेन्द्रनारायण बिजुक्छे, कांग्रेस गण्डकीकी सहमहामन्त्री कोपिला रानाभाटलगायतको चर्चा छ । यद्यपि मेयरको टिकट पुरुषले पाइसकेकोले उपमेयरमा महिलालाई नै उठाउनुपर्ने दबाब छ । यसअघि उपमेयरमै पराजित सरस्वती गुरुङ बलियो उम्मेदवार हुन् । तर उनी चुनाव नलड्ने घोषणा गरिसकेकी छिन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width