कास्कीमा ५० जनप्रतिनिधिले दिए राजीनामा, अझै थपिने

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७९
Local-level (1)

पोखरा । निर्वाचन आयोगले स्थानीय चुनावमा मनोनयन गर्दा बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने बाध्यकारी व्यवस्था गरेपछि कास्कीमा हालसम्म ५० जनप्रतिनिधिले राजीनामा बुझाएका छन् । पोखरा महानगरपालिकामा ३ वडाध्यक्षसहित १५ जना, माछापुच्छ«े गाउँपालिकामा ३ वडाध्यक्षसहित ४ जना, रुपा गाउँपालिकामा ३ वडाध्यक्ष सहित १५ जना र मादीमा १६ जनाले राजीनामा दिएका हुन् । अन्नपूर्ण गाउँपालिकामा हालसम्म कसैले पनि दिएका छैनन् । टिकटको पक्का नभएका कारण अलमल भएको हुन सक्ने अध्यक्ष युवराज कुँवर बताउँछन् । ‘पार्टीले टिकट दिने नदिने पक्का छैन । त्यसैले कसैको पनि राजीनामा अहिलेसम्म आएको छैन,’ उनले भने, ‘प्रमुख पार्टीहरुले भोलिसम्म टिकट टुंग्याउँछन् । त्यसपछि आउला । मनोनयनको दिनसम्म राजीनामा दिँदा भैहाल्छ ।’

पोखरा महानगरपालिकामा ३ जना वडाध्यक्ष र १२ जना वडासदस्यले राजीनामा बुझाएका छन् । यद्यपि शनिबार पनि राजीनामा बुझाउने समय रहेकोले अझै आउने बताइएको छ । ८, २७ र ३३ नम्बर वडाका अध्यक्षले राजीनामा दिएका छन् । ८ का रुद्रनाथ बराल, २७ का पूर्णबहादुर गुरुङ र ३३ का शिव आचार्यले दोहोरिने सम्भावना भएको कारण राजीनामा दिएका हुन् । वडा नम्बर ३० की सदस्य रमा नेपाली, वडा नम्बर २७ की सरस्वती सार्की, १२ नम्बर वडाकी विष्णुमाया विक र देशभक्त केसीले राजीनामा बुझाएका छन् । यस्तै, वडा नम्बर ७ का दीनबन्धु पौडेल, वडा नम्बर १७ की सदस्य राधिका कुमारी शाही र तारा परियार, ३२ को विष्णु तिवारीलगायतले पनि राजीनामा दिइसकेका छन् ।

मादी गाउँपालिकामा वडा नम्बर २ का अध्यक्ष एकजंग गुरुङसहित वडा सदस्यहरुले राजीनामा दिएका छन् । ७ नम्बरबाट वीरबहादुर परियार, वडा नम्बर ५ का सदस्य हुमनाथ अधिकारी र पार्वती रानामगर, वडा नम्बर २ का सदस्यहरु कल्पना गुरुङ र डिलबहादुर गुरुङले राजीनामा दिए । ७ नम्बर वडाका अध्यक्ष लालबहादुर गुरुङ पनि राजीनामा दिन लागेको बताउँछन् । ‘खल्तीमा पत्र लिएर हिँडेको छु । पार्टीले निर्णय गर्ने बित्तिकै अध्यक्षलाई बुझाउँछु,’ उनले भने, ‘धेरै जनप्रतिनिधिहरुको अवस्था त्यही छ । टिकटको टुंगो नलागेका कारण अलमल भएको छ ।’ अधिकांश जनप्रतिनिधिहरु दोहो¥याउने तयारीमा रहेको उनले सुनाए । ८ नम्बरबाट पञ्चमाया सार्की र लालदेवी घले, वडा नम्बर ९ बाट सञ्जय गुरुङ, ११ का ईश्वर गुरुङ, ३ नम्बरका तेजबहादुर रानाभाट, ४ नम्बरको लोककुमारी घर्तीको राजीनामा आइसकेको अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए ।

पोखराका १५, माछापुच्छ्रेका ४, रुपाका १५ र मादीका १६ जनाको राजीनामा, अन्नपूर्णबाट कसैको राजीनामा आएको छैन

रुपा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित १५ जनाले राजीनामा दिएका छन् । गाउँपालिका अध्यक्ष नवराज ओझा र उपाध्यक्ष लालसुब्बा गुरुङले राजीनामा पत्र लेखेर राखेका छन् । उनीहरुले आजै पत्र बुझाउने भनिए पनि दुवैजनाले राजीनामा दिने भएकोले कसलाई दिने भन्ने टुंगो लागेको छैन । वडा नम्बर ६ का अध्यक्ष नारायण गुरुङ, सदस्यहरु बुद्धिमाया गुरुङ, सरीता सुनार, सखुलद्दिन मिया र हर्कबहादुर गुरुङले राजीनामा पत्र बुझाएका छन् । वडा नम्बर २ की कार्यवाहक अध्यक्ष हिता रुपाखेती र सदस्य अनीता रानाले राजीनामा दिए ।

वडा नम्बर ३ मा सदस्य सनिसरा विक, ४ मा वडाध्यक्ष मुकुन्द वंशी, सदस्यहरु विजय राना र माया विक, वडा नम्बर ५ का सदस्य राजन खनाल र वडा नम्बर ७ का अध्यक्ष दयासागर सुवेदी पदबाट राजीनामा दिएका छन् । दयासागर कांग्रेसबाट निर्वाचित भएका हुन् भने अरु सबै एमालेबाट निर्वाचन हुन् । सबैभन्दा बढी रुपामा जनप्रतिनिधिहरु दोहोरिने देखिएको छ ।

माछापुच्छ्रे गाउँपालिकामा वडा नम्बर १, २ र ८ नम्बर वडाका अध्यक्षसहित १ जना वडा सदस्यले राजीनामा दिएका छन् । वडा नम्बर १ का अध्यक्ष वीरेन्द्र गुरुङ, वडा नम्बर २ का अध्यक्ष विक्रम गुरुङ र वडा नम्बर ८ का अध्यक्ष कृष्ण दवाडीले पालिका अध्यक्षलाई राजीनामा बुझाएका हुन् । वीरेन्द्र कांग्रेसबाट र विक्रम एमालेबाट गाउँपालिका अध्यक्ष उठ्ने सम्भावना छन् । दवाडी भने वडाध्यक्ष दोहोर्‍याउन लागेका हुन् । यस्तै, वडा नम्बर २ की सदस्य केशकुमारी गुरुङले पनि राजीनामा दिएकी छिन् । उनी वडा नम्बर २ को अध्यक्षमा एमालेबाट उम्मेदवार बन्ने पक्का जस्तै छ ।

जनप्रतिनिधिले राजीनामा बुझाएपछि अध्यक्षले शनिबार कार्यपालिका बैठक बोलाएका छन् । ‘कार्यपालिका बैठक डाकेको छु । राजीनामा त्यहीं स्वीकृत हुन्छ,’ अध्यक्ष कर्ण गुरुङले भने, ‘अरु पनि आउँदै होला । सबै संकलन गरेर एकै पटक स्वीकृत गर्छु ।’ निर्वाचन आयोगले पुनः मनोनयन दर्ता गर्ने जनप्रतिनिधिहरुले राजीनामा दिनुपर्ने अनिवार्य शर्तसहितको व्यवस्था ल्याएको हो ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width