पोखरा । नेशनल प्याब्सन कास्कीले एकीकृत पाठ्यक्रम सामग्री क्षमता वृद्धिसम्बन्धी तालिम दिएको छ।
नेपाल सरकारले नयाँ शैक्षिक सत्रबाट लागु हुने गरी ल्याएको एकीकृत पाठ्यक्रम सामग्रीबारे शिक्षकलाई जानकारी दिने उद्देश्यले एनप्याब्सनमा आवद्ध विद्यालयका ७० शिक्षकशिक्षिकालाई एक दिने सो तालिम दिइएको हो ।
एनप्याव्सन कास्कीका प्रथम उपाध्यक्ष शिवदत्त तिवारीका अनुसार तालिममा पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत खिलनारायण श्रेष्ठले सहजीकरण गरेका थिए ।
तालिम उद्घाटन गर्दै राष्ट्रिय परिक्षा वोर्ड गण्डकी प्रदेशका प्रमुख विष्णुप्रसाद श्रेष्ठले धेरै विषयवस्तुलाई एकीकृत गरेर ल्याएको पाठ्यक्रमले शिक्षाको गुणस्तर वृद्धि गर्न सघाउने बताए । ‘पाठ्यक्रमबिना अगाडि बढ्ने प्रयत्न गरेका छौं भने अपेक्षालाई पूर्णता दिन सक्दैनौ’ उनले भने, ‘शिक्षाको गुणस्तर वृद्धि गर्ने हेतुले नै एकिकृत पाठ्यक्रम सामग्री आएको हो ।’ शिक्षाको गुणस्तर वृद्धिको लागि पाठ्यक्रम अनिवार्य सर्त भएको उनको भनाइ छ ।
एनप्याव्सन कास्की अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एनप्याव्सनका केन्द्रीय उपाध्यक्ष यम खड्का, गण्डकी प्रदेशका अध्यक्ष रामबहादुर मोची, हिसान गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष डा.रामजी शर्मा, एनप्याव्सन कास्कीका द्वितीय उपाध्यक्ष केशवशरण पौडेल, सचिव मनकाजी गुरुङले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह
पोखरा ११ मा वृक्षरोपण
पोखरा आदर्शमा विद्यार्थी स्वागत
न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१