एमालेबाट पोखराको मेयर को ? प्रदेश सांसदकाे बाटाे राेकियाे

प्रदेश सांसदलाई अड्चन, सिफारिस बाहिरको नाम आउँदैन

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०७९
UML Pokhara

पोखरा । नेकपा एमालेले गण्डकीका सांसदलाई पोखराको मेयर उम्मेदवार बन्नबाट रोक लगाएको छ । बिहीबार बसेको सचिवालय बैठकले उनीहरुलाई मेयरको टिकट नदिने पक्कापक्की भएको छ ।

गण्डकीमा जतिबेला पनि सरकार ढल्न सक्ने र नयाँ सरकार बनाउन तयार रहनुपर्ने भएकोले मेयरमा सांसदलाई टिकट दिन नहुने उपमहासचिव तथा गण्डकीका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । ‘सर्वोच्चले विकल्प रहँदासम्म सरकार बन्न दिनुपर्छ र चुनावमा जान दिनु हुँदैन भनेर फैसला गरेको छ । त्यो हेर्दा गण्डकीमा छिटै एमालेको सरकार बन्न सक्छ,’ उनले भने, ‘अहिले सांसदलाई राजीनामा गराएर मेयरमा पठाउँदा समस्या हुन्छ । त्यसैले सांसदलाई टिकट नदिने कुरामा लगभग पक्का भएको छ ।’

उनले मेयरको टिकट भने प्रदेश कमिटीले सिफारिस गरेकै नामबाट एउटाले पाउने बताए । एमाले पोखराले १२ जनाको नाम प्रदेशमा पठाएको थियो । तीमध्ये २ जना प्रदेश सांसद छन् । कृष्णबहादुर थापा र राजीव पहारीलाई मेयरको रेसबाट ‘आउट’ गरेपछि बाँकी रहेका १० जनामध्ये १ जनाले मेयर टिकट पाउनेछन् । स्रोतका अनुसार पुष्पज्योति ढुंगाना, रश्मी आचार्य र प्राडा विश्वकल्याण पराजुली बढी सम्भावित छन् । त्यसो त भीम कार्की पनि बढी नै सम्भावित हुन् । ‘मेयरको टिकट प्रदेशले सिफारिस गरेकै नामबाट एउटाले पाउँछ । हामी बाहिर खोज्दैनौं,’ उनले भने, ‘सबैको बारेमा छलफल व्यापक भएको छ । जित्ने मान्छेलाई टिकट दिन्छ ।’

कृष्ण थापा र राजीव पहारी मेयर रेसबाट ‘आउट’ भएछि बाँकी १० मध्येबाटै टिकट पाउनेछन्

प्रदेश सांसद तथा मेयरका आकांक्षी कृष्ण थापाले आफूलाई षड्यन्त्रपूर्वक हटाउन खोजिएको आरोप लगाएका छन् । ‘पार्टीले औपचारिकरुपमा सांसदलाई टिकट नदिने निर्णय गरेको छैन । उपमहासचिवज्यूको व्यक्तिगत विचार हो । पार्टीभित्र छलफल भैरहेको छ,’ उनले भने, ‘यो विषयहरु म विरुद्ध गरिएको षड्यन्त्र हो । पार्टीले न्याय गर्छ भन्ने विश्वास छ ।’ उनले सांसदलाई नदिने भए देशभर एउटै निर्णय गर्नुपर्ने बताए । ‘सांसदलाई नदिने हो भने देशभर एउटै नियम लागु गरौं न । गण्डकीमा मात्रै यस्तो निर्णय हुने होइन होला नि,’ उनी भन्छन्, ‘ब्यक्ति हेरेर निर्णय गर्ने होईन । नीतिगत प्रश्न हो ।’

अर्का सांसद तथा आकांक्षी राजीव पहारी पार्टीले गरेको निर्णय शिरोधार्य गर्ने बताउँछन् । ‘पार्टीले निर्णय ग¥यो । मैले स्वीकार्नुपर्छ । हिजो पार्टीले नै टिकट दिएर सांसद जितेको हुँ,’ उनले भने, ‘पार्टीले आवश्यकता बोध ग¥यो भने बोलाउँछ नत्र ठिकै छ ।’ पोखराको मेयरमा प्रदेश सांसदहरु कृष्णबहादुर थापा र राजीव पहारी, केन्द्रीय सदस्य भीम कार्की र मीनाकुमारी गुरुङ, प्रदेशका उपसचिव रश्मी आचार्य, प्राडा विश्वकल्याण पराजुली, वडाध्यक्ष दर्शन लामा, व्यवसायी पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, नेताहरु दीपक पौडेल, बालासिंह काउछा मगर र सावित्री भण्डाीले दाबी गरेका छन् ।

उपमेयरमा वडाध्यक्षहरु शोभामोहन पौडेल र जीवनप्रसाद आचार्य, नेताहरु वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी, विनुकुमारी गुरुङ, बलराम गायक र पत्रकार सुष्मा पौडेलको नाम सिफारिस भएको छ । उनीहरु सबैको नाम प्रदेशबाट केन्द्रमा बुधबार नै सिफारिस भइसकेको छ । बिहीबारदेखि सचिवालय बैठकमा महानगर र उपमहानगरपालिकाको मेयर उपमेयरमाथि छलफल सुरु भएको छ ।

नगर र गाउँपालिका टिकट शुक्रबार टुंगाइने

एमालेले गण्डकी प्रदेशअन्तर्गतका नगरपालिका र गाउँपालिकाको टिकट शुक्रबार टुंगाउने तयारी छ । प्रदेशका नेताहरु केन्द्रमा छलफलका लागि गएकोले शुक्रबारमात्रै अरु पालिकाबारे छलफल गर्ने सचिव धनन्जय दवाडीले बताए । ‘सकेसम्म शुक्रबार साँझसम्म टिकटको टुंगो लाग्छ । नभए शनिबार दिन्छौं,’ उनले भने, ‘सर्वसम्मत भएर आएका ठाउँमा समस्या भएन । धेरै नाम आएको ठाउँमा पनि जिल्ला नेताहरुले एक हिसावको सुझाव दिनुभएको छ । गण्डकीमा कुनै समस्या हुँदैन ।’ उनका अनुसार २२ पालिकाका प्रमुखमा १ जनाको मात्रै सर्वसम्मत नाम सिफारिस भएको छ । मनाङ र मुस्ताङमा भने भौगोलिक र सांस्कृतिक अवस्थाअनुसार जिल्लाबाटै टुंगो लगाउने र प्रदेशले निर्णय मात्रै गर्ने उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width