कांग्रेस गण्डकीबाट पोखराकाे उपमेयरमा १० जना सिफारिस

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७९
congress gandaki

पोखरा, ८ वैशाख । आगामी स्थानीय तहको निर्वाचनका लागि पोखराको उपमेयरमा नेपाली कांग्रेस गण्डकीबाट १० जनाको नाम सिफारिस भएको छ ।
प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षतामा बिहीबार सम्पन्न पदाधिकारीको बैठकले सो निर्णय गरेको हो ।

सिफारिस हुनेमा माया बराल कार्की, लक्ष्मी पाण्डे क्षत्री, आनन्दी राणा कार्की, रंगीला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ, गोविन्द नेपाली र शिव केसी छन् ।

ती नाम कांग्रेस पोखरा महानगर समितिले पठाएकोमा कांग्रेस गण्डकीले जस्ताकोतस्तै केन्द्रमा पठाएको पार्टीका प्रचार विभाग प्रमुख रमेश पौडेलले जानकारी दिए ।
त्यसैगरी, महानगरले मेयरका लागि १८ जनाको नाम सिफारिस गरेको थियो तर गठबन्धन दलभित्रको समाजवादीलाई मेयर पद परेपछि उपमेयरमा रस्साकसी सुरु भएको छ।

केन्द्रले पोखराको मेयर एकीकृत समाजवादीलाई दिने निर्णय गरे पनि कास्की कांग्रेसले स्वीकार गरेको छैन । विरोधमा पोखरा नगर समितिले बुधबार जिल्ला पार्टी कार्यालयमा लगाएको तालाबन्दी बिहीबारमात्र खोलिएको छ । आकांक्षी सबै १८ जनाको नाम जिल्लाबाट प्रदेश हुँदै केन्द्रमा पठाउने सहमतिपछि ताला खोलिएको कांग्रेस पोखरा महानगर सचिव गणेश थापाले जनाए ।

बिहीबार कांग्रेस पोखरा महानगरपालिका समिति सभापति सुरेन्द्रमान बिजुक्छे र कास्की कांग्रेस सभापति किशोरदत्त बरालले ताला खोलेका हुन् । पोखरामा मेयरका लागि कांग्रेसबाट १८ जनासहित उपमेयरका लागि १० जनाको नाम सिफारिस भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width