पोखरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७९
278876843_5639764329385085_6725716776332737415_n

पोखरा, ८ वैशाख । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै कास्कीका ५ स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछ ।
कास्कीको पोखरा महानगरपालिका, रुपा गाउँपालिका, माछापुच्छे« गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र मादी गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

देशकै सबैभन्दा ठूलो महानगर पोखराको बिहीबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भयो । कास्की जिल्ला अदालतका मुख्य न्यायाधीश समेत रहेका श्रीकृष्ण भट्टराई मुख्य निर्वाचन अधिकृतको रुपमा खटिएका छन् । उनका अनुसार माछापुच्छे« गाउँपालिकामा बिहान ११ बजे, अन्नपूर्ण गाउँपालिकामा मध्यान्ह १२ बजे, मादीमा ३ र रुपामा साढे ४ बजे कार्यालय उद्घाटन गरिने कार्यतालिका छ । माछापुच्छे«मा निर्वाचन अधिकृतको रुपमा नवराज दंगाल, अन्नपूर्णमा विष्णुप्रसाद आचार्य, मादीमा दुर्गाप्रसाद भट्टराई र रुपा गाउँपालिकामा रुद्रप्रसाद सुवेदी निर्वाचन अधिकृतको रुपमा खटिएका छन् ।

पोखरामा मुख्य निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृतसहित २ जना अनुगमन अधिकृत, कम्प्युटर अपरेटर १ जना, नासु १ जना, कार्यालय सहयोगी २ जना, पिएसओ सुरक्षा अधिकारी १ जना, चालक १ जना हुने व्यवस्था गरिएको छ ।

कास्कीका अन्य पालिकाहरुमा भने निर्वाचन अधिकृतसहित सहायक निर्वाचन अधिकृत, १ अधिकृत, १ नासु, १ कम्प्युटर अपरेटर, कार्यालय सहयोगी, सुरक्षा अधिकारी र चालक रहने व्यवस्था छ । अन्य पालिकाको अनुगमन पोखरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा खटिएका अनुगमन अधिकृतले हेर्ने छन् ।

निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित रुपमा संचालन गर्न निर्वाचन अधिकृतको कार्यालयहरुले निर्वाचन आयोगको कार्यतालिकाअनुसार मनोनयन, दाबी विरोध, मतदान र मतगणना लगायतका कार्य सम्पादन गर्नेछ ।

यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन वैशाख ११ मा हुँदैछ।

Related News

सम्बन्धित समाचार

  • करार फालेर करार नियुक्त गर्दै महानगर

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । तीन महिनायता पोखरा महानगरपालिका करार कर्मचारी विवादले जेलिएको छ । निर्णय गर्ने तर कार्यान्वयन नगर्ने शृृङ्खलाबाट गुज्रिरहेको पोखराको…
  • भलिबल क्रेज बढाउँदै टाइगर कप

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शनिबारदेखि पोखरामा पाँचौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु भएको छ ।…
  • मिसिङः केटी हराएको सूचना रिलिज

    रासस माघ १२, २०८१
    काठमाडौं । शुक्रबारदेखि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को सार्वजनिक प्रदर्शन सुरु भएको छ । गत साता दुई नेपाली चलचित्र…
  • गाईभैंसीपालक कृषकलाई तालिम

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । श्रीनगर एग्रिटेक इन्डष्ट्रिज लि.को आयोजनामा पोखरा–२३ माझथुममा गाईभैंसीपालन तथा आहारा व्यवस्थापन तालिम सम्पन्न भएको छ । एसके एग्रिकल्चर…
  • पोखरा महानगरपालिकाको १६ औैं नगर सभा सम्पन्न

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा महानगरपालिकाको १६ औैं नगर सभा शुक्रबार सम्पन्न भएको छ । गत २८ पुसदेखि शुभारम्भ भएको नगर सभा सभामा पेस…

hero news full width