नवलपुर, ७ वैशाख । अभिनेता पल शाहविरुद्ध परेको जबर्जस्ती करण मुद्दामा पीडित नावालिग गायिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् ।
पीडित नावालिकाको बुधबार वकपत्र गरिएकोमा उनले तनहुँमा झैं बयान फेरेको वकपत्र लिंदा बसेका एक जना सहभागीले बताए ।
जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलाशमा वकपत्र गरिएको थियो । त्यसअघि उनले वैशाख १ मा जिल्ला अदालत तनहुँमा भएको बकपत्रमा बयान फेरेकी थिइन् ।
तनहुँ जिल्ला अदालतमाझैं आफूमाथि जबर्जस्ती करणी नै नभएको र अभियुक्त पल शाह निर्दोष रहेको उनले बकपत्र गरेकी हुन् ।
अदालतका कर्मचारीका अनुसार सरकारी वकिलहरुले २०/२२ वटा प्रश्न सोधेर जिरह गरेका थिए । त्यति हुँदा पनि पीडितले कलाकार शाह निर्दोष रहेको र उनले आफूमाथि केही नगरेको बयान दिएकी हुन् । बलात्कार भएको भनी आफूले आवेशमा आएर तनहूँमा त्यसघि बयान दिएको उनको भनाइ थियो ।
नवलपुरमा गायिकाको बुवा, कलाकार दुर्गेश थापा, कृष्ण जोशी, सम्राट चौलागाई, मेडिकल रिपोर्ट तयार पारेका डाक्टर लगायतको बकपत्र तयार पारिने छ । बुधबार अरुको वकपत्र नसकिएकोले अन्यको वकपत्र बिहीबारमात्र गरिने छ ।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेलले भने : भृकुटी कागज कारखाना प्रदेशले साझेदारीमा चलाउन चाहन्छ
सौन्दर्य प्रतियोगिता नाममा बलात्कार प्रकरणः आरोपित पाण्डे पक्राउ
बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
पोखरामा एमालेको वडा खोस्दै कांग्रेस
गाउँपालिका अध्यक्षको सपथ
hero news full width
मुख्य समाचार
मेयरमा अन्तर ३ हजार पार
घर फर्किए म्यादी प्रहरी
जेठ ६, २०७९पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
जेठ ६, २०७९गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९