पोविविमा तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षण

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७९
Pokhara University News

पोखरा । पोखरा विश्वविद्यालयले रजतजयन्तीको अवसरमा व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापनमा प्रशिक्षात्मक कार्यक्रम गरेको छ । पोखरा विश्वविद्यालयका उपकुलपति एवं रजतजयन्ती मूल तयारी समितिका अध्यक्ष प्राडा प्रेमनारायण अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ डा. चिन्तामणि योगी र स्वामी योगानन्दले प्रशिक्षण दिएका थिए ।

पोविविका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले कार्यक्रम उद्घाटन गरे । उनले मान्छेको प्राण, कमाएको धनसम्पत्ति र उसको भौतिक शरीरको कुनै ठेगान नभएको तर उसले कमाएको नाम र प्रतिष्ठा अमर रहने हुनाले व्यक्तिगत चिन्ता र स्वार्थ छाडि सबै सत्कर्ममा लाग्नुपर्नेमा जोड दिए ।

विश्वविद्यालयका रजिष्टार डा. दीपकबहादुर भण्डारीले कम्प्युटरमा हार्डवयर र सफ्टवेयर भएजस्तै मान्छेको शरीररूपी हार्डवयरमा काम नलाग्ने विचारलाई हटाई नयाँ नयाँ सिर्जनात्मक एवं सकारात्मक सोचहरूले मस्तिकलाई समयानूकुल रूपान्तरण गर्नुपर्ने बताए ।

प्रशिक्षक डा. चिन्तामणि योगीले मानिस परिवार मोह, माया प्रेम, तेरो मेरो, धनसम्पत्ति, प्रतिष्ठा आर्जनमै जीवन बिताउने गरेकोले उसले आफैंले आफूलाई चिन्न नसकेको तर्क गरे । उनले मानिस अरूको कारणले नभई आफ्नै कर्मले दुखी र चिन्तित रहने गरेको उल्लेख गरे ।

डा. योगीले पोखरा विश्वविद्यालय शिक्षा क्षेत्रको एउटा महत्वपूर्ण धरोहर भएकोले यसको प्रतिष्ठा अभिवृद्धिका लागि सहयोग र सहकार्यका लागि आफू सधंै लागिपर्ने बताए ।

कार्यक्रमका अर्का प्रशिक्षक स्वामी योगानन्दले मानिस तनाबै तनाबमा जिउने गरेको उल्लेख गर्दै दीर्घ जीवनका लागि मानिसले तनाब व्यवस्थापन गर्नु अपरिहार्य रहेको बताए । त्यसका लागि योग, भोजन शुद्धी, वाणी शुद्धी, परिवेश शुद्धी र सोचको सही प्रयोगले तनाव व्यवस्थापन गर्न सकिने बताए । मन चिन्ताबाट मुक्त गर्दै आनन्दित र पुलकित तुल्याउन उनले लाफिङ थेरापी, मेडिटेसन र विभिन्न योग विधिबारे स्वामी योगानन्दले अभ्यास गराएका थिए ।

पोविवि योजना तथा कार्यक्रम महाशाखा प्रमुख, व्यक्तिगत रूपान्तरण तथा तनाब व्यवस्थापन प्रशिक्षात्मक कार्यक्रम तयारी समितिका संयोजक दीपकराज पौडेलले जिम्मेवारीबाट पन्छिँदैमा तनाब कम नहुने तर्क गरे ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width