पाल्पाली सहकारीको गृहजिल्लामा अवलोकन भ्रमण

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७९
palpali sahakari

पोखरा । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाले सहकारीका सञ्चालक, सेयर सदस्य र कर्मचारीको ज्ञान, सीप र क्षमता अभिवृद्धिका लागि अध्ययन अवलोकन भ्रमण गरेको छ ।

टोलीले पाल्पा सदरमुकाम तानसेनको वडा १४ अर्गलीस्थित उद्यमी नेपाल कृषि सहकारी संस्था, उद्यमी नेपाल कृषि तथा पशुपन्छी फर्म र रिब्दिकोटस्थित सिर्जना फार्म हाउस अवलोकन गरेको सहकारीका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले जानकारी दिए ।

सहकारीका निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक कुलप्रसाद घिमिरेले सहकारीको मुल मर्म र भावना अनुसार सामूहिक रुपमा व्यवसाय गरे सफलता मिल्ने विषय अध्ययन भ्रमणबाट सिकेको जानकारी दिए । उनले कृषि र पर्यटन जोडेर व्यवसाय गरेमा आर्थिक उपार्जनसँगै जीविकोपार्जनमा टेवा दिने बताए ।

सिर्जना फार्म हाउसका सञ्चालक विष्णु अधिकारी, उद्यमी नेपाल कृषि सहकारी संस्थाका सञ्चालक शोभाखर भट्टराई, उद्यमी नेपाल कृषि तथा पशुपन्छी फर्मका सल्लाहकार तथा तानसेन १४ का अध्यक्ष कमलबहादुर रानाले उद्यमशीलताको विकास र पर्यटन प्रवद्र्धनको लागि गरेका प्रयासबारे बताए ।

टोलीले स्याङ्जा, पाल्पा र गुल्मीको संगमस्थल रिडीमा निर्मित तीनमुखे पुल, ऋषिकेश र भैरवस्थान मन्दिर, तानसेनको श्रीनरको भ्रमण गरेको छ । त्यस्तै टोलीले तानसेन नगरपालिकाका मेयर अशोककुमार शाही, पाल्पा उद्योग वाणिज्य संघ अध्यक्ष राजु महर्जन, पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेल लगायतका जनप्रतिनिधि, उद्योगी, व्यवसायी, सहकारीका प्रतिनिधिसँग भेट तथा अन्तरक्रिया गरेको सहकारीका सचिव एवं पाल्पाली समाज पोखराका अध्यक्ष रेशम रचकले जनाए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width