पाेखरा महानगर अन्तत: एकीकृत समाजवादीलाई, कास्कीबाट गएकाे टाेलीलाई देउवाले भने: उपमेयरमा राम्राे मान्छे पठाउनुस्

आदर्श समाज सम्वाददाता
वैशाख ६, २०७९
gathabandhan-1631181509

पाेखरा । आगामी स्थानीय तहकाे निर्वाचनमा पाेखरा महानगरपालिका अन्तत एकीकृत समाजवादीकाे भागमा परेकाे छ ।

मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये ३ महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एकरएक महानगरको नेतृत्व लिने सहमति भएको हो ।

पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउने पक्कापक्की भएकाे छ ।  त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउनेछ ।

नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने सत्तारुढ गठबन्धनको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सहमतिको खाका मंगलबार साँझसम्म तयार हुने उनले बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले  काठमाडाै‌ं बाेलाएर गएकाे गण्डकीकाे टाेलीसँग मेयरकाे प्रस‌ंग नै नउठाइ उपमेयरमा गतिलाे नाम दिन भनेका छन् । देउवाकाे बाेलावटमा गण्डकी सभापति शुक्रराज शर्मा, नेता यज्ञबहादुर थापा र कास्की सभापति किशाेरदत्त बराल मंगलबार बिहान काठमाडाै‌ गएका थिए ।

तिनै जनाले कुनै पनि हालतमा पाेखराकाे मेयर छाड्न नहुने बताइरहँदा देउवा माैन बसेका थिए । अन्तिममा उनले उपमेयरमा राम्राे मान्छेकाे नाम पठाउन भनेपछि उनीहरु आसय बुझेर फर्केका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width