एसइईमा संस्कृततर्फबाट नौ विद्यार्थी सहभागी हुँदै

रासस
वैशाख ६, २०७९

बेनी । यही वैशाख ९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा म्याग्दीमा पहिलो पटक संस्कृति विषयतर्फबाट विद्यार्थी सहभागी हुने भएका छन् ।

बेनी नगरपालिका–९ गलेश्वरस्थित जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट नौ जनाले एसइईमा सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले जानकारी दिनुभयो । यस विद्यालयमा संस्कृत बिषयसमेतमा अध्यापन हुँदै आएको छ ।

यसैगरी उज्यालो वैकल्पिक विद्यालयबाट पाँच आमासमेतले परीक्षामा सहभागीता जनाउने छन् । परीक्षामा जिल्लाका विभिन्न पाँच प्राविधिक धारतर्फका १३१ विद्यार्थीले सहभागी जनाउने छन् । जिल्लामा कुल दुई हजार २४५ परीक्षार्थीमध्ये छात्र एक हजार ९५ र छात्रा एक हजार १५० छन् । परीक्षामा एक खुला विद्यालयसहित ७४ विद्यालयका विद्यार्थीले सहभागीता जनाउने कार्यालयले जनाएकोछ । परीक्षामा ग्रेड वृद्धिका लागि आठ जनाले सहभागी हुन लागेका छन् ।

जिल्लामा एसइई परीक्षा सञ्चालनको लागि नौ परीक्षा केन्द्र तोकिएको छ । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष नियुक्त गरी उनीहरुलाई अभिमूखिकरणसमेत गरी सम्बन्धीत परीक्षा केन्द्रको परीक्षा सञ्चालनको तयारीमा खटाइएको छ । यस वर्ष राष्ट्रिय परीक्षा बोर्डको परिपत्र बमोजिम सम्बन्धित परीक्षा केन्द्र रहेको विद्यालयका प्रधानध्यापकलाई नै केन्द्राध्यक्ष तोकिएको छ । परीक्षा सञ्चालनका लागि बेनीको प्रकाश मावि, बेनी सामुदायिक मावि, न्यू वेष्ट प्वाइन्ट आवासीय मावि, धवलागिरि मावि सिङ्गा, मंगला मावि बावियाचौर, जनप्रिय मावि दरबाङ, हेम मावि सिवाङ, मुक्तिधाम मावि भगवती र मुक्तिमार्ग मावि घारलाई परीक्षा केन्द्र तोकिएको छ ।

सदरमुकाम बाहिर रहेका परीक्षा केन्द्र नजिक रहेका प्रहरी चौकीमा प्रश्नपत्र र उत्तरपुस्तीका पठाउन सुरु गरिएको छ । परीक्षालाई मर्यादित र शान्त बनाउनका लागि जिल्ला परीक्षा समितिसँगै स्थानीय तहसमेतलाई सम्बन्धीत पालिकामा रहेका परीक्षा केन्द्रको अनुगमन गर्न अनुरोध गर्ने निर्णय गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरा बहुमुखी क्याम्पसको क्यालेन्डर विमोचन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न तह र संकायका विद्यार्थीलार्ई निशुल्क कम्प्युटर तालिम प्रदान गरिएको छ । विद्यार्थीलाई पाठ्यक्रमसँगै…
  • पोखरामा गणित समाजको कार्यशाला

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । नेपाल गणित समाजको आयोजनामा नेपाल गणित समाज गण्डकी प्रदेशको स्थानीय व्यवस्थापनमा आयोजित कार्यशाला गोष्ठी आइतबार पोखरामा सम्पन्न भएको…
  • लेकसिटी कलेजमा स्वागत र बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पहिलो वर्षमा भर्ना भएका र अन्तिम वर्षमा पढिरहेका विद्यार्थीलाई स्वागत तथा बिदाइ गरिएको…
  • राष्ट्रिय शिक्षक संगठन कास्कीमा तीर्थराज

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको १४ औं अधिवेशनबाट तीर्थराज ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्ष (खुला) मा…
  • गण्डकी बोर्डिङ व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत

    आदर्श समाज सम्वाददाता चैत्र २९, २०८०
    पोखरा । गण्डकी बोर्डिङ स्कुल व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत भएका छन् । सोमबारको बैठकले जग्गादाता मदनबहादुर केसी, एग्बोसाका निवर्तमान…

hero news full width