‘सेती खोंच पर्यटकीय गन्तव्य’

आदर्श समाज सम्वाददाता
वैशाख ६, २०७९
seti~united

पोखरा । सेती नदी खोंच पर्यटकीयस्थल रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । युनाइटेड क्लबको १२ औं वार्षिकोत्सव अवसरमा आयोजित अन्तक्रिृयाका वक्ताले सो कुरामा जोड दिएका हुन् ।

स्थापनाकालदेखि पोखरामा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटकीय गन्तव्यका लागि खुला चिडियाखाना निर्माणको अवधारणासहित सेती नदी संरक्षण र विपद व्यवस्थापनमा काम गर्दै आइरहेको युनाइटेड क्लबले वार्षिकोत्सव पूर्वसन्ध्यामा साताव्यापी कार्यक्रमअन्तर्गत तेस्रो दिन सेती नदी खोंच एक पर्यटकीय विषयक बृहत् अन्तक्र्रिया आयोजना गरेको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त योजनाका सदस्य जुद्धबहादुर गुुरुङले सेती नदी गल्छी पर्यटकीय गन्तव्य बन्न सक्नेमा जोड दिंदै युनाइटेड क्लबको पहलमा छिट्टै विकास गर्नुपर्ने सुझाव दिए । उनले क्लबले सुरुमा चिडियाखानाको अवधारणा ल्याउँदा आफूलाई पहिले विश्वास नलागेको र पछि क्लबले दृढ संकल्प र इच्छाशक्तिबाट आफू प्रभावित बनेको बताए ।

चिडियाखाना निर्माणक्रममा आफूले पनि सल्लाह सुझाव दिएको र अहिले सात वटै प्रदेशमा चिडियाखाना निर्माण गर्ने राज्यको नीति बनेको बताउँदै यसको श्रेय क्लबलाई नै जाने बताए ।

युनाइटेड क्लबले १२ औं वार्षिकोत्सव अवसरमा सेती नदी खोंचलाई पर्यटकीय गन्तव्य बनाउन सरोकारवालासँग अन्तक्र्रिया गरेको हो

भूगोलविद प्राडा कृष्ण केसीले अन्नपूर्ण हिमालदेखि तनहँुको भिमादसम्मको वृत्तचित्र प्रस्तुत गर्दै सेती गल्छीलाई साहसिक पर्यटकीय गन्तव्यरुपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले सो ठाउँलाई भूगोलको विद्यार्थीलाई अध्ययन केन्द्रको रुपमा विकास गर्न सकिने पनि उल्लेख गरे । कोही कसैले चासो नदेखाएको सेती गल्छीको बारेमा अन्तक्रिृया कार्यक्रमको आयोजना गरेकोमा क्लब परिवारलाई केसीले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा आफूले समेत सेती नदीको गल्छीलाई पर्यटकीय गन्तव्य निर्माण गर्ने काममा साथ र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबको पहलमा खुला चिडियाखाना निर्माणको कार्य सुरु भइसकेको बताउँदै क्लबले लिएको अर्को उद्देश्य सेती नदी संरक्षणसँगै सेती नदीलाई एक उत्कृष्ट पर्यटकीय गन्तव्य निर्माणमा सानो पहलकदमीस्वरुप अन्तक्र्रिया गरिएको जनाए । उनले भविष्यमा पोखराको बीच भागबाट बग्ने सेती नदीलाई कुनै पनि हालतमा उत्कृष्ट पर्यटकीय गन्तव्य निर्माण गर्न आफूहरुले कुनै पनि कसर बाँकी नराख्न सरोकारवाला निकायसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।

क्लब अध्यक्ष राजु श्रेष्ठले क्लबले पोखरामा युनाइटेड क्लबको पहलमा जसरी चिडियाखानालाई एउटा प्रक्रियाबाट प्रदेश सरकारलाई जिम्मा लगाइ डिभिजन वन कार्यालय कास्कीको मातहतबाट सञ्चालनको कार्य भएको छ, त्यसैगरी सेती गल्छीलाई पनि यसको सम्भाव्यता अध्ययन गरी एक साहसिक पर्यटकीय गन्तव्य रुपमा विकास गर्ने क्लबको उद्देश्य रहेको बताए ।

क्लब सचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा द्वितीय उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा प्राडा इन्द्र तिवारी, प्राडा कृष्णप्रसाद पौडेल, भूगर्भविद् सोमनाथ सापकोटा, सहप्राध्यापक रामजी पोख्रेल, नागरिक समाजका अभियन्ता रामबहादुर पौडेल, युवा व्यवसायी तथा पर्यटनकर्मी अनिल थापा समेतले धारणा राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width