दुर्लुङ समाज पोखरामा बाबुराम

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७९
durlung

पोखरा । दुर्लुङ समाज पोखराको पहिलो साधारण सभा तथा अधिवेशनले बाबुराम शर्माको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।

समितिको प्रथम उपाध्यक्षमा क्या.कुलबहादुर गुरुङ, द्वितीय उपाध्यक्ष टेकबहादुर विक, सचिव अधिवक्ता ईश्वरी पौडेल, सहसचिव बुद्धिप्रसाद शर्मा, कोषाध्यक्ष सावित्री पोखरेल, सदस्यमा राधा शर्मा, सन्तोष गिरी, भीमराज शर्मा, रामबहादुर थापा र रविन पोखरेल गरी ११ जनाको कार्यसमिति निर्विरोध निर्वाचित गरिएको हो। समितिको कार्यकाल आगामी ३ वर्ष हुनेछ ।

अधिवेशनको निर्वाचनमण्डल संयोजकमा अधिवक्ता लक्ष्मणप्रसाद शर्मा, नीलबहादुर गुरुङ र लक्ष्मण गिरी रहेका थिए । संस्थाले नेपाल सरकारको उच्च निकायमा कार्यरत दुर्लुङवासीलाई सो अवसरमा सम्मान समेत गरेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width