गण्डकीका यातायात मन्त्री कुमार खड्का ग्राहक बनेर भाडा अनुगमनमा 

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७९
ytatyat anugaman

फाइल तस्बिर : आदर्श समाज

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले पोखरा नगरमा चल्ने ट्याक्सीहरुको साेमबार अनुगमन गरेका छन् । मन्त्रालयले गत माघ २७ गते लागु गरेको भाडादर लागु भए नभएको अनुगमनका लागि मन्त्री आफैं खटेका हुन् ।

मिटर जडान गरे नगरेको, अनि प्रदेशले बनाएका नियमअनुसार सञ्चालन भए नभएको बुझ्न मन्त्री अनुगमनका निस्केका हुन् । सार्वजनिक सवारीको लागि प्रदेश सरकारबाट निर्णय भएको नयाँ भाडादर लागु गर्नका लागि भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा ट्याक्सी सञ्चालक, मजदुर, उपभोक्ता मञ्च र सरोकारवालाबीच १० बुँदे समझदारी भएको थियो ।

उक्त सहमतिअनुसार पोखरामा दर्ता भएका २ हजार २ सय ८६ ट्याक्सीमध्ये १ हजार ६ सय ४६ वटामा मिटर जडान भएको छ । नयाँ मिटर जडानका प्रक्रियामा ३ सय ७ वटा रहेका छन् । अन्य ३ सय ३३ वटा ट्याक्सीले बेवास्ता गरेको बताइएको छ ।

मन्त्रालयले जारी गरेको नियम पालना नगर्ने सार्वजनिक गाडी अब कारवाहीमा पर्ने छन्

समयमै मिटर र ट्याक्सी लाइट प्रयोग गर्न नसकिएको भनी ट्याक्सी व्यवसायीबाट समय माग भएका कारण २०७८ चैत मसान्तसम्मको समयावधि दिइएको थियो ।

मन्त्री खड्का साेमबार विभिन्न स्थानका १० वटा ट्याक्सीमा परिचय नखुलाई यात्रा गरेका थिए । तीमध्ये एउटा ट्याक्सी चालकले मिटरमा २ सय ६० लाग्ने ठाउँमा ४ सय रुपैयाँ मागेको मन्त्री खड्काले बताए । बढी भाडा असुल गर्ने चालकलाई नियमानुसार कारबाही गर्न तत्कालै ट्राफिक र यातायात कार्यालयका प्रमुखलाई निर्देशन मन्त्री खड्काले निर्देशन दिए ।

मन्त्री खड्काले अबका दिनमा सबै प्रकारका सार्वजनिक सवारी साधन नियमानुसार सञ्चालनमा रहे नरहेको नियमित अनुगमन गरिने बताए । उनले भने, ‘यातायातसम्बन्धी एकल अधिकार प्रदेश सरकारको रहेको हुँदा यातायात क्षेत्रमा सुधार र आवश्यक निर्णय लिन प्रदेश सरकार स्वतन्त्र छ, सोहीअनुसार हामी अगाडि बढ्छौं ।’

गण्डकी प्रदेशभित्र रहेका सर्वसाधारण नागरिकलाई सरल एवं सुलभ ढंगबाट यातायात सुविधा उपलब्ध गराउन, यातायात सेवालाई सुदृढ, सक्षम तथा प्रभावकारी बनाउन, सवारी दुर्घटनाको रोकथाम गर्न, दुर्घटनाबाट पीडित पक्षलाई क्षतिपूर्ति दिलाउन, बिमाको व्यवस्था मिलाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । मन्त्री खड्काले सवारी साधन करको रकम असुल उपर गर्ने कार्य प्रणालीलाई व्यवस्थित गरी सार्वजिनक तथा भाडाका सवारी साधनहरुले लिने भाडा समायानुकूल र स्वचालित बनाउन तथा तोकिएका रुटहरुमा भाडादर समय सापेक्ष निर्धारण÷समायोजन गर्न लागिपरेको बताए ।

गण्डकी प्रदेशमा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनले गाडीको बाहिरी भागमा गण्डकी प्रदेशभित्रका पर्यटकीय गन्तव्यको फोटो÷स्टिकर टाँस्नुपर्ने प्रावधान राखिएको छ ।

ट्याक्सीमा मिटर जडान नगरेको तथा जडित मिटर नचलाए चालक कारबाहीमा पर्नेछन् । ट्याक्सीको छतमा पहेंलो रङ नलगाएको तथा ट्याक्सी लाइट नराख्ने ट्याक्सीलाई अब कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

ड्रेस कोड पालना नगरेको, ट्याक्सीमा जानकारी नराखेको तथा परिचयपत्र नलगाउने चालकको गाडीलाई १ हप्तासम्म सञ्चालनमा रोक लगाउन सकिनेछ । शनिबार भने चालकले ड्रेसबाहेकको पोसाक पनि लगाउन पाउने छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width