बालुवाटारमा गठबन्धनको बैठक जारी, पाेखरा एकीकृत समाजवादीकै पाेल्टामा 

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७९
gathabandhan-1631181509

पोखरा ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ। स्थानीय तहको निर्वाचनमा तालमेलका लागि सिट भाडबण्डा गर्ने विषयमा बैठकमा छलफल भइरहेको छ।

बालुवाटारमा बिहान साढे नौ बजेदेखि बैठक बसेको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार चुनावी तयारीबारे बैठकमा छलफल जारी छ।

गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावमा तालमेल गर्ने सहमतिपछि कुन स्थानीय तहमा कसले कति पद लिने भन्नेबारे छलफल गरिरहेको हो।तालमेलका लागि गठबन्धनले यसअघि नै सात बुँदे मापदण्ड जारी गरिसकेको छ।

बैठकले ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको सिट बाँडफाँट गर्ने तयारी छ। गठबन्धनको चुनावी तयारी, परिचालन तथा अनुगमन समितिले आइतबार त्यसबारे होमवर्क गरेको थियो।

जस अनुसार पाेखरामा उपमेयर कांग्रेसले लिने गरी मेयर एकीकृत समाजवादीलाई दिने गरी आइतबार प्रारम्भिक बाँडफाँड भएकाे छ । अझ एउटै साझा चुनाव चिन्हमा निर्वाचनमा जान सकिनेबारेमा पनि छलफल भएको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width