मागेजति नपाउने भएपछि माधव नेपालकाे घुर्की, कांग्रेसबाहेकको गठबन्धन गर्न देशभर सर्कुलर

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७९
madhav nepal

पोखरा ।  नेकपा एकीकृत समाजवादीले देशभरका जिल्ला कमिटीहरुमा कांग्रेसबाहेकको गठबन्धन गर्न सर्कुलर जारी गरेको छ।

माधव नेपाल नेतृत्वको गठबन्धनले कांग्रेसलाई तीनवटा आरोप लगाउँदै सम्भव भएका जिल्लामा प्रयास जारी राख्‍ने र नभएका जिल्लामा कांग्रेसबाहेकको गठबन्धन गर्न सर्कुलर जारी गरिएको हो।

सर्कुलरको सूचनामा कांग्रेसमाथि तीनवटा आरोप लगाइएको छ। जसमा काठमाडौंका कुनै पनि स्थानमा नगरप्रमुख दिन तयार नभएको, जम्मा तीनवटा मात्रै उपप्रमुख अन्य दललाई दिन तयार भएको, वडा बाँडफाँट वडा तहबाट नै गर्ने धारणा रहेको र आफूले जितेको कुनै पनि स्थानमा वडा सदस्यसमेत अन्य दललाई दिन तयार नभएको आरोप लगाएको छ।

सर्कुलरमा भनिएको छ,  गठबन्धनको कांग्रेससँगको यात्रा सहज देखिएको छैन। आ(आफ्नो ठाउँमा कांग्रेससँगको गठबन्धनको सम्भावना कायम राख्दै कांग्रेसबाहेकको गठबन्धनको तयारीमा भोलि देखिनै लाग्न अनुरोध छ।

कांग्रेसको केन्द्रीय कार्यसमितिले भने यसअघि गठबन्धनमा रहेका सबै दलहरुलाई मिलाएर अघि बढ्ने सर्वसम्मत निर्णय गरेको थियो। कांग्रेसले स्थानीय तहको आवश्यकताका आधारमा तालमेल गर्ने निर्णय गरेको हो।

अध्यक्ष नेपालले सत्ता गठबन्धनका पाँच दलबीच स्थानीय तहमा उम्मेदवारीका लागि सिट बाँडफाँट गरिँदा गत चुनावमा आफ्नो पुरोना पार्टी एमालेले जितेका स्थान आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरेका थिए। पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले ०७४ सालको निर्वाचनमा एमालेले जितेका स्थानको हकदार एकीकृत समाजवादी भएको बताएका थिए।

उनले समाजवादीको सम्पर्क समन्वय कमिटीको कार्यक्रमलाई शनिबार नै सम्बोधनका क्रममा नेपालले आफ्नो पार्टीको शक्तिलाई अवमूल्यन नगर्न पनि चेतावनीसमेत दिएका थिए।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width