पोखरा । सिमपानी तमु समाजले नयाँ वर्ष अवसरमा स्यो कैं, सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम गरेको छ । समाजका संस्थापक अध्यक्ष क्या.धरमसिंह गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजका ८४ वर्ष भन्दा माथिका ज्येष्ठ सदस्यहरु, समाजका सहयोगीलाई सम्मानपत्र, भांग्रा, क्रमु, खादाले सम्मान गरिएको हो ।
प्रमुख अतिथि गुरुङले समाजको स्थापनाको उद्देश्य र वर्तमानको विकासक्रमलाई ध्यानमा राख्दै समाजलाई थप एकता र सिर्जनात्मक बनाउनुपर्ने बताए ।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले तमुहरुको एकता, सामुहिकताका लागि सबै सचेत हुनुपर्ने बताए । उनले युवा पुस्तालाई समाजको महत्व, शिक्षा, प्रशासन, राजनीतिक नेतृत्वतर्फ अगाडि बढाउन समाज र परिवारले भूमिका खेल्नुपर्ने बताए । यस्तै, भीमकालीपाटन तमु समाजका अध्यक्ष भक्तबहादुर गुरुङ, सुखवती बौद्ध गुम्बाका अध्यक्ष बमबहादुर गुरुङ, तान्चोक नौजेपैगीं लामा परिवारका अध्यक्ष सुमे रामधोज गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।
समाजका अध्यक्ष नासु गंगाबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सचिव माया गुरुङको सञ्चालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
जनप्रियमा विएमटिएम स्पोर्टस् मिट
हाइकर्स क्लबको साधारणसभामा सम्मान
नेपोन गण्डकीमा सत्यराज
पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
नारी स्रष्टा एक ठाउँ
hero news full width
मुख्य समाचार
ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
नगर सभामा राजस्व बक्यौता असुली कार्ययोजना प्रस्तुत
पौष २९, २०८१दूतराजको प्रस्तुतिमा झुमे दर्शक
पौष २९, २०८१प्याब्सन कास्कीमा षडानन्द गौतम
पौष २८, २०८१पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
पौष २८, २०८१एन प्याब्सन स्थापना दिवस, १४५ शिक्षक–कर्मचारी सम्मानित
पौष २८, २०८१