कास्कीकाे मादी अध्यक्षमा कांग्रेसका १२ आकांक्षी

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७९
Congress Flag

पाेखरा । कास्कीको मादी गाउँपालिका अध्यक्षमा  कांग्रेसबाट १२ जना आकांक्षा देखाएका छन्। जसमा कांग्रेस जिल्ला समिति सचिव भानुभक्त ढकाल, क्षेत्रीय सचिव सरोज केसी,  बिर्जमान गुरुङ, अर्जुन गुरुङ, ओमप्रकाश गुरुङ, देवीजंग गुरुङ, सागर गुरुङ, कृष्णचन्द्र बराल, यमनाथ सापकोटा, लेखबहादुर गुरुङ, प्रेम तामाङ र सूर्यमोहन सापकोटाले अध्यक्षमा आकांक्षा देखाएका हुन् ।

पालिका समितिले शनिबार भेला बाेलाएर आइतबारसम्म उम्मेदवारी दिन भनेकाे  थियो । कांग्रेस मादी गाउँपालिका सभापति यमबहादुर गुरुङका अनुसार १२ जना आकांक्षीले नाम टिपाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग