विश्व हिन्दु महासंघको सभा

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७९
hindu

पोखरा । विश्व हिन्दु महासंघ नेपाल कास्कीको आठौं वार्षिक साधारण सभा एवं छैटौं अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै प्रखर वेदान्तवाचिका बालविदुषी यमुना सोतीले महासंघले हिन्दु धर्म कायम गर्न थालेको विभिन्न धार्मिक अभियानको प्रशंसा गरिन् । उनले सनातन बौद्धिक हिन्दु धर्म स्थापित गर्न सबैको साथ सहयोग रहने विश्वास व्यक्त गरिन् ।

ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय नेपाल पोखरा शाखाका संचालिका राजयोगिनी ब्रम्हाकुमारी अप्सराले धर्मले मानिसलाई अनुशासित बनाउने र समाजमा शान्तिको स्थापना हुनेमा जोड दिए । धार्मिक संघसंस्थाले समाजमा हुने विकृति, विसंगति न्युनीकरणमा सहयोग पु¥याएको बताउँदै धार्मिक संघसंस्थाले समाजमा शान्तिको स्थापनामा महत्वपूर्ण भूमिका खेलेको दाबी गरिन् ।

कार्यक्रममा विश्व हिन्दु महासघंका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर खराल, केन्द्रीय सल्लाहकार वेदनिधि शर्मा, मुक्तिराम अधिकारी, जिल्लाका वरिष्ठ सल्लाहकार डा.नारायणप्रसाद अधिकारी, केन्द्रीय सदस्य इन्दिरा कोइराला,
समाजसेवी चन्द्रकान्त बराल, अर्घाखाँची–पोखरा सम्पर्क समितिका अध्यक्ष चेतनारायण पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा विभिन्न व्यक्तिलाई सम्मान साथै आजीवन सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो । यस्तै, संस्थाको विकासमा योगदान पुर्‍याउने ४ जनालाई सम्मानपत्र प्रदान गरी सम्मान गरियो । सम्मानित हुनेमा ब्रम्हाकुमारी अप्सरा, महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर खराल, केन्द्रीय सचिव जगन्नाथ कोइराला र महासंघ जिल्लाका महासचिव ज्यो.पं कमल पौडेल शास्त्री हुन् ।

महासंघ कास्की अध्यक्ष पार्वता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष भीमबहादुर बराल

र संचालन महासचिव ज्यो.पं कमल पौडेल शास्त्रीले गरेका थिए । कार्यक्रममा अध्यक्ष पार्वता पौडेलले अध्यक्षको, महासचिव शास्त्रीले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्णकुमारी थापाले आर्थिक प्रगति प्रतिवेदन पेस गरेका थिए ।

महासंघ कास्कीमा जगन्नाथ

विश्व हिन्दु महासंघ कास्कीको छैटौं अधिवेशनले जगन्नाथ कोइरालाको अध्यक्षतामा ३६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमिति वरिष्ठ उपाध्यक्षमा भीमबहादुर बराल, उपाध्यक्ष सावित्री घिमिरे, कमल पौडेल र श्यामबहादुर श्रेष्ठ छन् ।

यस्तै, महासचिव दीपक अधिकारी, सचिव हरिराज कोइराला, धनीप्रसाद ढकाल, दीपेश पराजुली, गीता कँडेल, भरतराज अधिकारी, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी तथा सहकोषाध्यक्ष लक्ष्मी दाहाल र दुर्गाकुमारी केसी चयन भए ।

सदस्य हरिचन्द्र आचार्य, पिताम्बर पौडेल, धनश्याम शर्मा ढकाल, डुनाराम न्यौपाने, मदनप्रसाद अधिकारी, माधवप्रसाद जैसी, अम्बिका भण्डारी, जमुना पौडेल, रेशमलाल ढकाल, पार्वती बास्तोला, कृष्णकुमारी ढकाल, रणबहादुर विश्वकर्मा, टुबुमाया न्यौापने, भगवती पन्त, लक्ष्मण रसाइली, अणनाथ अधिकारी, मिलन तिवारी र हरिप्रसाद धमला सर्वसम्मत् भएको निर्वाचन समिति संयोजक ऋषिराम त्रिपाठीले जनाए । निर्वाचन समितिमा सरिता घिमिरे र इन्दिरा कोइराला सदस्य थिए । कार्यसमिति ३ वर्षको हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width