कांग्रेस पोखरा १२ मा सन्तोष सर्वसम्मत

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७९
santosh sarbasamamta

पोखरा । नेपाली कांग्रेस पोखरा १२ ले स्थानीय तहको चुनावका लागि वडाध्यक्षमा सन्तोष बास्तोलालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।

अन्य ३ दाबेदारले छोडिदिएपछि बास्तोला सर्वसम्मत भएका छन् । कांग्रेस कास्की क्षेत्र न १ ख का सभापति कृष्ण कोइराला, पूर्व वडा सभापति राधेश्याम कोइराला तथा पूर्व वडा सदस्य बलबहादुर कार्कीले आकांक्षा देखाएका थिए ।

सर्वसम्मत उम्मेदवार बनेका बास्तोलाले आफू विजयी भएमा पोखरा १२ लाई नमूना वडा बनाउने आफ्नो लक्ष्य रहेको सुनाए । उनले २÷३ दिनभित्रै वडा सदस्यबारे पनि सर्वसम्मत निर्णय गरिने बताए ।

बास्तोला कांग्रेस वडा इकाइ समिति पोखरा १२ का सभापतिसमेत हुन् । नेविसंघको राजनीतिबाट अगाडि बढेका बास्तोला युवाहरु माझ लोकप्रिय छन् ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width

trending post

ट्रेन्डिङ्ग