मित्रमिलनद्वारा ज्येष्ठ नागरिकको सम्मान

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०७९
sakari news

पोखरा । मित्रमिलन बचत तथा ऋण सहकारी, पोखरा–९, नयाँबजारले स्थापनाको नवौं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा संस्थाले पुम्दीभुम्दीमा रहेको आदर्श ज्येष्ठ नागरिक समितिका ९ जना ज्येष्ठ नागरिकलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरेको छ ।

पोखरा २२ का वडाध्यक्ष मित्रलाल बराल, राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रमुख नरेश पाण्डे, मित्रमिलन साकोसका अध्यक्ष रमण पौडेलले उनीहरुलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा वडाध्यक्ष बरालले ‘मित्रमिलनले ज्येष्ठ नागरिकको सम्मानमा गरेको यस कार्य ज्यादै प्रशंसनीय रहेको उल्लेख गरे । वडाका तर्फबाट पनि जेष्ठ नागरिकहरुका लागि सहयोग भइरहेको र पोखरेली परिवेशमा छुट्टै पहिचान बनाउन सफल मित्रमिलनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेमा आफू विश्वस्त रहेको उनले जनाए ।

राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रमुख नरेश पाण्डेले सहकारी भीडमा विशेष पहिचान बनाएर अघि बढेकामा मित्रमिलनलाई बधाई दिए । आजका युवापुस्ता थोरै भड्किएको तर्फ संकेत गर्दै त्यसबाट नआत्तिई सही दिशा निर्देश गर्न ज्येष्ठ नागरिकको महत्वपूर्ण भूमिका रहनेमा उनले स्पष्ट पारे ।

लेखा समिति सदस्य प्रतीक लामिछानेले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा आदर्श ज्येष्ठ नागरिक समितिका अध्यक्ष तथा पूर्व वडाध्यक्ष खडानन्द बराल, शुक्रराज माविका प्रअ नरनाथ बराल, आदर्श ज्येष्ठ नागरिक समितिका व्यवस्थापक भुवानीप्रसाद बराल, सम्मानित तारापति बरालले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा १ सयभन्दा बढी ज्येष्ठ नागरिकको उपस्थिति थियो ।

सहकारीको नवौं वार्षिक उत्सव भएकाले सबैभन्दा ज्येष्ठ ९ जनालाई सम्मान गरिएको मित्रमिलन साकोसका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले बताए । आदर्श ज्येष्ठ नागरिक समितिमा २ सय ५२ जना ज्येष्ठ नागरिक आवद्ध छन् ।
सम्मानित हुनेमा लक्ष्मी बराल, लेखनाथ बराल, देवीलाल बराल, टुल्की बराल, पोतनाथ बराल, धनरुपा बराल, बसन्धरी बराल,तारापति बराल र नरहरि बराल रहेका छन् । कार्यक्रममा सहकारीले संस्थाका लागि २५ थान कुर्सी र एक थान फाइल दराज समेत हस्तान्तरण गरेको थियो । सहकारी संस्थाका सेयर सदस्य, सल्लाहकार दण्डपाणि बरालको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन तथा सहकारीका सात सिद्धान्त वाचन शिक्षा समिति संयोजक गोपाल खनालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width