पोखरा । नेपाली कांग्रेस बिपीका केन्द्रीय सदस्य एवं कास्की सभापति चन्द्रबहादुर रानाभाट पार्टी प्रवेश गरेका छन् । उनीसहित सिंगो बिपी कांग्रेस कास्की कांग्रेसमा समाहित भएको हो । पार्टीले आफ्नो माइन्युटसमेत हस्तान्तरण गरेको छ ।
उनीहरुलाई कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरे । त्यसो त चन्द्रबहादुर २०३३ सालदेखि नै नेपाली कांग्रेसमा रहेर काम गरेका थिए । २०४२ सालको सत्याग्रहमा जेल गएका रानाभाट साविक राखी गाउँपालिकाका इकाइ सभापतिदेखि लिएर कांग्रेसको विभिन्न पदमा रही काम गरेका थिए । कांग्रेससँग असन्तुष्ट भएपछि २०४४ सालमा उनी बिपी कांग्रेसमा प्रवेश गरेका थिए । पुरानै पार्टीमा प्रवेश गरेपनि उनले राजनीतिको यात्रामा आफूले कांग्रेसबाहेक अर्को विकल्प नदेखेको बताए ।
पार्टीका प्रदेश सभापति शुक्रराज शर्माले केही कुनै कारणबाट बाहिरिएका साथीहरु पुनःआफ्नो घर फर्केर आउँदा खुसी लाग्ने बताए । उनले कांग्रेसभित्र प्रजातन्त्र भएकाले देश र जनताको समृद्घिमा कांग्रेसको विकल्प नभएको जिकिर गरे ।
Related News
सम्बन्धित समाचार
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुपर्छ: काँग्रेस महामन्त्री थापा
काँग्रेसको सय दिने अभियान मादीमा
प्राविधिक शिक्षाका लागि कोइकासँग सवा अर्बको सम्झौता
माछापुच्छ्रेमा माओवादी केन्द्रको ज्ञापनपत्र
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१