रत्न मन्दिर खोल्न मन्त्रीपिच्छे मिति

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७९
Fewa 2

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पोखरालाई पर्यटनको राजधानी बनाउन आगामी नीति तथा कार्यक्रममा समेट्ने बताएका छन् । होटल संघ पोखरा नेपालको आयोजनामा बुधबारदेखि सुरु १७ औं फेवा नव वर्ष महोत्सव सुरु उद्घाटन गर्दै मन्त्री आलेले सो कुरा बताएका हुन् ।

उनले पोखराको टुरिजम कोभिडका कारण धरायाशी बनेको भन्दै यसको पुनरुत्थानका लागि मेलामहोत्सवले सघाउ पुग्ने बताए । पोखरामा सम्पन्न हुन लागेको एड्भेञ्चर टुरिजम मार्टका लागि आफ्नो मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

रत्न मन्दिर र हिमागृह नयाँ वर्षभित्र संचालनमा ल्याइने उनले प्रतिबद्धता व्यक्त गरे । यी क्षेत्र सर्वसाधारणका लागि खोल्न तीव्र माग रहँदै आएको छ । सर्वसाधारणका लागि खोल्ने भन्ने वाक्यांश नभनी उनले संचालनमा ल्याइने बताए ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ५ महिनाभित्र संचालनमा आउने दाबी गरेका छन् । विमानस्थल ९३ प्रतिशत निर्माण भइसकेको जानकारी गराउँदै मन्त्री आलेले विमानस्थल संचालनका लागि अवरोधका रुपमा रहेको रिठ्ठेपानी डाँडो काट्ने काम फास्ट ट्रयाकमा अगाडि बढ्ने बताए । उनले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सल्लाह गरेर डाँडो काट्ने काम छिटै अगाडि बढाउने आश्वासन दिए ।

ल्यान्डफिल साइट नयाँ स्थानमा व्यवस्था गर्न समेत उनले पोखरा महानगरलाई निर्देशन दिए । यस्तो काम छिटो गरे विमानस्थल समयमै संचालनमा ल्याउन सहज हुने उनको भनाइ थियो ।

बतास समूहलाई नारायणहिटीमा ६ आना जग्गा दिइएकोमा १४ रोपनी भोगचलन गर्न थालेपछि आफू कारबाहीमा उत्रिएको पनि उनले सुनाए । पोखराको पर्यटन बसपार्क औपचारिक रुपमा संचालनमा ल्याउन निर्देशन दिंदै उनले नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबद्र्धन गर्ने मुख्य उद्देश्यसहित पर्यटन, संस्कृति र खानालाई जोड दिएर महोत्सव सुरु भएको हो ।

महोत्सव उद्घाटन अघि खहरे र ड्यामसाइडबाट झाँकीसहितका ¥याली निस्केको थियो । अम्बोटमा आएर महोत्सव उद्घाटन समारोह भएको हो । अम्बोट र सेन्टर प्वाइन्टमा स्थापित स्टेजमा लोकदोहोरी र पप संगीतका कार्यक्रम हुने छन् । निशुल्क प्रवेशसहित सडकमा आयोजित महोत्सवअन्तर्गत होटलको टेरिफमा संघले ३० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

पोखरामा सुरु फेवा नव वर्ष महोत्सव २ दिनसम्म चल्नेछ

आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन गर्दै कोभिड–१९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्ने उद्देश्य पनि महोत्सवले लिएको छ । कोभिडकै कारण लगातार दुई वर्ष स्थगित महोत्सवलाई पुनः निरन्तरता दिइएको हो ।

आयोजक संघ अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले पोखराको पर्यटनमा ४ खर्ब रुपैयाँ हाराहारी लगानी रहेको जानकारी दिए । कोभिड–१९ बाट यो क्षेत्र सबैभन्दा बढी प्रभावित हुन पुगेको पनि उनले स्मरण गराए । यसैगरी पोखरामा मात्र यस क्षेत्रमा १५ हजार रोजगारी रहेको र पोखराका १ हजार २ सय होटलमा ४० हजार बेड रहेको तथ्यांक पनि उनले सुनाए । पोखरामा नयाँ विमानस्थल संचालनमा आएपछि थप पर्यटक आउने आशा व्यक्त गर्दै उनले यसको काम समयमा नै सक्न सरकारसँग आग्रह गरे ।

होटल संघ नेपालका केन्द्रीय उपाध्यक्ष विनायक शाहले नेपालमा विदेशी मुद्रा भित्राउन बढी भन्दा बढी पर्यटक ल्याउन जरुरी भएको बताए । सरकारले कतिपय वस्तुको आयात रोक्दा पर्यटकलाई सेवा दिन समस्या परेकोतर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए । मुख्य प्रायोजक अन्नपूर्ण केवलकार प्रालिका जनरल म्यानेजर दिनेश पौडेलले पर्यटनको विकासका लागि आपसी सहकार्य महत्वपूर्ण हुने भन्दै उक्त केवलकार चढेर आनन्द लिन स्थानीय तथा पर्यटकलाई आग्रह गरे ।

कार्यक्रममा प्रदेश सांसदद्वय राजीव पहारी र दीपक कोइराला, होटल संघ नेपालका केन्द्रीय सदस्य एवं आयोजक संघका सल्लाहकार भरतराज पराजुली, पोखरा पर्यटन परिषद अध्यक्ष गोपिबहादुर भट्टराई, नेपाल पत्रकार महासंघ गण्डकी महासचिव गोविन्द सुवेदी, आयोजक संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ, संघका महासचिव राजेन्द्र ढकाल, नमुना आमा समूह अध्यक्ष जूना अधिकारीले पनि भनाइ राखेका थिए ।

महोत्सवका अवसरमा आयोजित झाँकीमा नेपाल मगर संघ प्रथम भएको छ । बैदाम तामाङ समाज, नेपाल छन्त्याल संघ र बाँझापाटन तमु समाजले क्रमशः द्वितीय, तृतीय र सान्त्वना पुरस्कार पाए । उनीहरुले क्रमशः २५ हजार, २० हजार, १५ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाए । यसैगरी आमा समूहतर्फ बंगलादी आमा समूह प्रथम भएको छ । खहरे आमा समूह, नवप्रभात आमा समूह र सक्षम आमा समूहले क्रमशः द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरे । उनीहरुले क्रमशः १५, १०, ७ र ५ हजार रुपैयाँ पुरस्कार पाए । कुल २२ आमा समूह कार्यक्रममा सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width