सडक नबन्दा उपभोक्ताको विरोध

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७९
street

पोखरा । फुस्रेखोला रामदी मट्टीखान देउराली निर्माण समयमै पूरा नभएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । गत २०७६ पुस मसान्तसम्म निर्माण पूरा हुनुपर्ने सो सडकखण्ड अझै ३५ प्रतिशत कार्य पनि पूरा नभएको भन्दै उनीहरुले गुनासो गरेका हुन् । चुनावको मुखमा भोट माग माग्न आउनेहरुलाई उनीहरुले सडक नबनाए ‘नो भोट’ संकेत गरेका छन् ।

कास्की–स्याङ्जा जोड्ने सिद्धार्थ राजमार्गको स्याङजासम्म वैकल्पिक छोटो दुरीको सडकको रुपमा रहेको मानिएको सो सडक पोखरा–२१ र फेदीखोला १ र २ मा पर्दछ । उपभोक्ताद्वारा आर्थिक संकलन गरी २०५७ सालमा ट्रयाक खोली २०६४ सालमा पोखरा फुर्सेखोलादेखि मट्टीखानसम्म नगर बस संचालन गरी आएको थियो । सो सडक स्तरउन्नति गरी कालोपत्रे पक्की सडक बनाउन सडक डिभिजन कार्यालय पोखराबाट स्वीकृति ठेक्का टेन्डरबमोजिम ३१ करोड ४९ लाखमा ठेक्का स्वीकृत भई एसबिए/एसएपि/सिरुवा ज्वाइन्ट भेन्चरसँग २०७४ असार २८ सम्झौता भएको थियो । जसको लम्बाइ १३.७ किमी र ८.५ देखि ९ मिटरसम्म चौडाइ हुने गरी बहुवर्षीय योजनाअन्तर्गत २०७६ पुसमा सम्पन्न गर्ने लक्ष्य रहेको थियो । तर समयमै निर्माण सम्पन्न हुन नसक्दा हिडडुलमा आफूहरुलाई समस्या परेको स्वतन्त्र समाज सुधार युवा शक्ति रामदी मट्टीखानका संयोजक सूर्य पोख्रेलले जनाए ।

उनका अनुसार घटना बस्ती बिचबाट लगिएको सो सडक निर्माणको निमित्त खेतियोग्य जग्गा खेतबारी घरआँगन कटेरो फाल्नसमेत कुनै बाधा नगरी उपभोक्ताले जग्गा उपल्व्ध गराएको भए पनि ठेकदार कम्पनीको लापरबाहीले निर्माण ठप्प रोकिनु गैरजिम्मेवार भएको उपभोक्ताको ठहर छ । यसबारे सम्बन्धित निकायले चासो नदिए विरोधस्वरुप जस्तोसुकै कदम चाल्न बाध्य हुने र चुनाव बहिस्कार गर्ने अवस्थासम्म आउने स्थानीय ध्रुव पौडेलले चेतावनी दिए ।

अझै करिब ६ किमी नाली, ढल निर्माण कार्य गर्न, ठाउँ–ठाउँमा ह्यु पाइप ग्याविङ जालि लगाउने, मेसिनरी बाल लगाउने लगायत कार्य धेरै बाँकी रहेको फुस्रेखोला रामदी मट्टीखान देउराली बाटो उपभोक्ता समिति अध्यक्ष देवीबहादुर थापाको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width