नेरेसो पोखरा २६ को भित्तेपात्रो

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७९
redcross mahendra

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा २६ ले नयाँ वर्ष २०७९ को अवसर पारेर शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम गरेको छ । यसैबीच देवीमाया ढुंगानाको संयोजकत्वमा महिला उप समिति चयन गरेको छ । सहसंयोजक शारदा बराल , सचिव सिर्जना तिवारी, कोषाध्यक्षमा विष्णु अधिकारी र सदस्यहरू दुर्गादेवी पाठक, रीतादेवी रानाभाट, सूर्यदेवी रानाभाट, शर्मिला विक, माया बराल, कल्पना ढुंगाना, अञ्जना विक, सावित्री भुर्तेल र सुमित्रा बस्ताकोटी छन् ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटीका निवर्तमान सभापति वामदेव ढुंगानाले रेडक्रस एउटा विशुद्ध मानवीय सेवा भावमा सञ्चालित सामाजिक संस्था भएकाले मानवीय आपत विपतमा रहेकालाई सहयोग गर्ने गरेको बताए ।

उपशाखा सभापति शैलेन्द्रमोहन भट्टराईको अध्यक्षतामा भएको नेरेसो कास्की शाखाका उपमन्त्री उर्मिला खड्का, उपशाखाका संस्थ्थापक सभापति एवं पोखरा २६ का अध्यक्ष नारायण बराल, सल्लाहकार झलकपाणि तिवारी, पूर्व सभापति नरभूपाल पौडेल, निवर्तमान सभापति चन्दबहादुर रानाभाट, संस्थापक महिला संयोजक निर्मला ढुंगाना, उपसभापति देवीमाया ढुंगाना, सहकोषाध्यक्ष दुर्गा तिमिल्सिना लगायतले कार्यक्रममा आ आफ्नो धारणा राखेका थिए । कार्यक्रम सञ्चालन सचिव दीपकनाथ भण्डारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width