नमूना आमा समूहको भित्तेपात्रो विमोचन

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०७८
namumana

पोखरा । नमूना आमा समूह पोखरा ६ बैदामले नवर्ष २०७९ का अवसरमा क्यालेन्डर विमोचन तथा शुभकामना आदान प्रदान गरेको छ । पोखरा ६ का अध्यक्ष जगतबहादुर पहारीले भित्तेपात्रो विमोचन गरे । उनले टोल, समाजलाई सरसफाइसहित सफा, स्वच्छ राख्ने लगायत सामाजिक कार्यमा आमा समूह अग्रणी रहेको बताए ।

सामुदायिक सेवा केन्द्र बैदामका कोषाध्यक्ष उमा भण्डारीले सेवा केन्द्रका हरेक कार्यक्रममा आमा समूहले सहयोग गर्दै आएको उल्लेख गरिन् । हिमाली आवाजका कार्यकारी सम्पादक गणेश पहारीले सामाजिक कार्यलाई सञ्चार क्षेत्रले सधैं प्रोत्साहन गर्दै आएको बताए ।

आमा समूहका संस्थापक अध्यक्ष मिठुदेवी अधिकारीले समाजमा हुने विकृति विसंगति तथा राम्रो समाज निर्माणका लागि काम गर्दै आएको बताए ।

संस्थाका अध्यक्ष जुना अधिकारीले सदस्यहरुको क्षमता विकासका लागि तालिम, सीप तथा व्यावसायिक तालिम लगायत कार्यक्रम सञ्चालनको योजना सुनाइन् ।

नमूना आमा समूहका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष अम्बिका अधिकारी, सल्लाहकार तारादेवी पहारी, उपाध्यक्ष शकुन्तला अधिकारी, सदस्य माया सुवेदी र लक्ष्मी कोइराला लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width