पोखरामा ९ ए साइड भेट्रान राष्ट्रिय फुटबल हुने

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०७८
9a side vetranss

पोखरा । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले पोखरामा सर्वाधिक पुरस्कार राशिको ९ ए साइड राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको तयारीमा जुटेको छ । वैशाख २ गतेदेखि पोखरा रंगशाला फुटबल मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पूरा गरिसकेको छ ।

नयाँ पुस्तालाई खेलकुदमा सहभागी गराउन उत्प्रेरित गर्ने र ज्येष्ठ खेलाडीहरुलाई खेलकुदमा सक्रियरुपमा जोड्ने उद्देश्यसहित मन्त्रालयले प्रथम राष्ट्रिय ९ ए साइड फुटबल प्रतियोगिता गर्न लागेको प्रतियोगिताका संयोजक दिलबहादुर गुरुङले बताए ।

प्रतियोगितामा ४० देखि ६० वर्ष उमेर समूहका खेलाडीहरुले सहभागिता जनाउन सक्ने छन् । प्रत्येक टिममा ५० वर्षमाथिका २ खेलाडीलाई अनिवार्य समावेश गर्नुपर्ने प्रावधान छ । पोखराबाट ६, काठमाडौंबाट ८ टिमको सहभागिता रहने प्रतियोगितामा वालिङ, सिमरा, हेटौडाबाट समेत गरी १९ टोलीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगितामा नेपालबाट विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेलसकेका पूर्व राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने छ ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले खेलकुदलाई बजेट छुट्टाउनुपर्नेमा जोड दिँदै खेलकुदमा गरिएको लगानीले प्रतिफल दिने बताए । ‘सरकारले खेलकुदमा लगानी गर्न पछि हट्नु हुन्न । खेलकुदमा लगानी गरेको प्रतिफल आउँछ भन्ने हेक्का नहुदाँ लगानी गर्न सरकार डराइरहेको छ ।’ उनले भने, ‘प्रतियोगिता मार्फत् सहभागी हुने खेलाडीले खेल पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउँछन्, जुन अप्रत्यक्ष देखिन्छ ।’

प्रतियोगितामा विजेता टोलीले नगद ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो पुरस्कार स्वरुप १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्दा सेमिफाइनल पुग्ने २ टोलीले ३०/३० हजार नगद पाउने छन् । सर्वोकृष्ट खेलाडीले नगद २० हजार राशि पाउँदा गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र सर्वाधिक गोलकर्ताले नगद १५/१५ हजार रुपैयाँबाट पुरस्कृत हुने छन् । प्रतियोगिताको लागि ८ लाख ६० हजार खर्च हुने अनुमान गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width