पोखरा । गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होंटे मंगलबार पोखरामा धुमधामका साथ मनाइएको छ । तमु धिं नेपालको आयोजना गरेको ट्होंटेमा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलेको उपस्थितिमा भएको हो ।
गुरुङ भाषा र भेषभूषालाई संरक्षण र प्रवद्र्धनमा सक्रिय संस्थाको अगुवाइमा वर्षको दुई पटक साउन र चैतको अन्तिम मंगलबार ट्होंटे मनाइन्छ । कार्यक्रममा गण्डकीका मुख्यमन्त्री पोखरेलले तमु समुदायको सांस्कृतिक विकासको थलो क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहल गर्ने बताए । क्होलासोंथरको संरक्षण र संवद्र्धनका लागि विशेष योजना बनाएर आउन उनले आग्रहसमेत गरे ।
मौलिकता संरक्षणका साथै संस्कृतिको विकासका लागि प्रदेश सरकार तमु समुदायको साथमा रहेको भन्दै उनले संस्कृतिलाई अब आम्दानीसँग जोड्नुपर्ने भनाइ राखे । पराम्परागत रुपमा उत्पादन हुँदै आएको कोदोको रक्सीलाई ब्रान्डिङ गर्न प्रदेशको गण्डकी विश्वविद्यालले प्रक्रिया थालिसकेको जानकारी गराए ।
बिहान पोखरा सभागृहमा भेला भई विभिन्न झाँकी, बाजागाजा, सांस्कृतिक प्रस्तुतिसहित मौलिक भेषभूषामा पृथ्वीचोक, नयाँबजार हुँदै र्याली तमु धिं नेपालको प्रांगणमा पुगेको थियो । मुख्यमन्त्री पोखरेल, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले प्रकृति र पितृका नाउँमा धूप हालेर र्याली सुरु भएको थियो ।
तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले तमु धिं नेपालले आफ्नो संस्कृति संरक्षण र विकास गर्दै सामूहिकता विकास गरेको बताइन् । ट्होंटे पर्व मात्रै नभएर ऐतिहासिक महत्व रहेको उनको भनाइ थियो । गण्डकी प्रदेश सभा सदस्य मीना गुरुङले तमु समुदाय र गोर्खाहरुको सहरमा तमुहरुले हरेक क्षेत्रमा अगुवाइ गर्न जोड दिनुपर्ने बताइन् ।
तमु धिं नेपालका सांस्कृतिक संयोजक कृष्णुकुमार गुरुङले अब तमुहरुलाई सामुदायिक प्रणालीमार्फत् अघि बढ्ने प्रावधान राखिनुपर्ने भनाइ राखे ।
ट्होंटेमा आयोजित ¥यालीमा बगर तमु समाज प्रथम, चिउली पार्चे तमु समाज दोस्रो, तनहुँ तमु समाज तृतीय हुँदै ३० हजार, २० हजार र १० हजार रुपैयाँसहित ट्रफीबाट पुरस्कृत भए ।
¥यालीमा फूलबारी तमु समाज, दीप तमु समाज, याङ्जाकोट तमु समाज, सिद्धार्थ तमु समाज, र डडुवा दुर्छा तमु समाजलाई विशेष सान्त्वना पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा डडुवा दुर्छा तमु समाजबाट घाँटु, तनहुँ तमु समाजबाट चुड्का, चिउली पाचे तमु समाजले छ्याडु, जिफान र तमु कलाकार संघका कलाकाले विविध सांस्कृतिक प्रस्तुति गरेका थिए ।
कार्यक्रममा तमु धिं नेपालको क्षेत्रीय समाजको रुपमा लमजुङ समाज पोखरा र घाचोक लाम्छाने समाजलाई आबद्धतासहित स्वागत सम्मान गरिएको थियो । उक्त अवसरमा जिफानका नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गरिएको छ । तमु धिं नेपालको निर्माणाधीन भवनका लागि तमु धिं दक्षिण कोरियाबाट १ लाख ४१ हजार १ सय ३१ रुपैयाँ पूर्व अध्यक्ष सुरजमान गुरुङले हस्तान्तरण गरे ।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मूल्यांकन समितिका संयोजक वरिष्ठ उपाध्यक्ष सुबेदार मेजर श्रीप्रसाद गुरुङले र्यालीमा उत्कृष्टताको घोषणा र महासचिव जुनाकुमारी गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
खेलकुद पत्रकार मञ्चको पदस्थापन
मेलामा सूचना प्रविधिको ज्ञान
राजनीति सङ्लो भए मुलुकको विकास छिट्टै : डा. वाग्ले
करार फालेर करार नियुक्त गर्दै महानगर
भलिबल क्रेज बढाउँदै टाइगर कप
hero news full width
मुख्य समाचार
पोखरा महानगरपालिकाको १६ औैं नगर सभा सम्पन्न
धारापानी माविको ७४ औं वार्षिकोत्सव
माघ १२, २०८१सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
माघ १२, २०८१सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१